मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै

: युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच मंगलबार शान्ति वार्ता भएको थियो। उक्त वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै गएको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेका छन्।

जेलेन्स्कीले यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको आरोप लगाएका थिए। उनले भनेका थिए, 'म राष्ट्रपति ट्रम्पलाई धेरै सम्मान गर्छु तर उनी गलत सूचनाको दुनियाँमा छन्।'


राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मा समाप्त हुने थियो। तर फेब्रुअरी २०२२ मा रूसको आक्रमणदेखि युक्रेनमा मार्शल ल लागू गरिएको छ। यसैको कारण युक्रेनमा चुनाव हुन सकेको छैन।

ट्रम्पले यसअघि नै जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन अर्थात् उनको लोकप्रियता केवल चार प्रतिशतमा झरेको दाबी गरेका थिए। यद्यपि बीबीसी भेरिफाइको रिपोर्टले ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने खुलासा गरेको छ।

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच साउदी अरेबियामा शान्ति वार्ता भएको थियो।

यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका थिए, 'हामी सबै पारदर्शिता चाहन्छौं ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्। हामीलाई रुसी-अमेरिकी वार्तामा आमन्त्रित गरिएको थिएन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...