मुख्य समाचार
प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार
प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार

: भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो।


बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। प्रहरीका अनुसार त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याइएको थियो। null

शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याएर उनको अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा केआईआईटीमा अध्ययनरत उनका सहपाठी आफन्तजन र सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो ।


भारतमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

यता विद्यालयले निकालेपछि विद्यार्थीहरू अत्यन्त कष्ठका साथ १६ जना विद्यार्थी नेपाल आइपुगेका छन्। भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्। विश्वविद्यालय प्रशासनले फिर्ता आउनका लागि विद्यार्थी, अभिभावकलाई फोन गरेर र चिठी लेखेर बोलाए पनि उनीहरू घटना सम्झिएर तत्काल जान नसक्ने बताउँछन्।

हरेक नेपाली विद्यार्थी अहिले मानसिक त्रासमा रहेको उनीहरू बताउँछन्। उनीहरू फेब्रुअरी २८ बाट हुने परीक्षा सार्न पनि कलेज प्रशासनसँग माग गरेका छन्। कुटपिट गर्ने सेक्युरिटी गार्ड, बाउन्सर, दुर्व्यवहार गर्ने बार्डेनलगायत कारबाही नगरेसम्म कुनै पनि हालतमा फिर्ता हुन नसक्ने उनीहरूको तर्क छ।

मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि नेपाल सरकारले पहल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम