मुख्य समाचार
विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च बेहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै केआईआईटी
विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च बेहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै केआईआईटी

। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् ।

पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ ।


दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।

त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको शर्माले अनलाइनखबरलाई बताए ।

‘अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाप्रति चिन्ता छ, त्यसक्रममा विद्यार्थी घरसम्म पुगेका छन्’, उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने तयारी छ भनेर सोध्दा उहाँले यो प्रस्ताव सुनाउनु भएको थियो, कलेज प्रशासनले अहिले हामीलाई सहयोग गरिरहेको छ ।’

सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय विद्यार्थीमध्ये ६० जना मात्र ओडिसामा बाँकी रहेका थिए । तीमध्ये थप ११२ जना होस्टलमा फर्किइसकेका छन् । ‘अरूलाई पनि फिर्ता आउने वातावरण बनाउन काम गरिरहेका छौं’, शर्माले भने, ‘त्यसका लागि कलेजले सुरक्षाको ग्यारेन्टी हुने गरी इमेल गरेर परिवारलाई जानकारी गराउने कलेजले जानकारी दिएको छ ।’

युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।


आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।

यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । प्रदर्शनलाई दबाउन कलेज प्रशासनले सोमबार नेपाली विद्यार्थीलाई होस्टल खाली गरेर जान उर्दी जारी गरेको थियो ।

तर, व्यापक दबाबपछि कलेजले फेरि फर्किएर आउन भन्दै अर्को सूचना जारी गर्नुपरेको थियो ।

यो मामला सतहमा आएसँगै नेपाल सरकारसँगै भारतमा पनि सरकारी तहबाट चासो देखाइएको थियो ।

त्यसक्रममा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा ५ जना पक्राउ पनि परेका थिए । तर, अदालतले उनीहरूलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ ।


ओडिसाको विधानसभामा यो मामलाले प्रवेश आएपछि प्रदेश सरकारले अहिले छानबिनका लागि उच्च स्तरीय समिति पनि गठन गरिसकेको छ । प्रहरीले लम्साल मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।

आरोपी अड्विक श्रीवास्तव प्रहरी हिरासतमा छन् । उनको मोबाइल प्रहरीले जफत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...