मुख्य समाचार
इजरायली सेनाको फेरि गाजा क्षेत्रमा आक्रमण
इजरायली सेनाको फेरि गाजा क्षेत्रमा आक्रमण

। इजरायली सेनाको फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ । थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको हो ।

युद्धविरामको दोस्रो वार्ताको तयारी भए पनि इजरायलले आक्रमण जारी राखेको छ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने भनेका छन् ।


हमासले बिहीबार चार बन्धकहरूको शव र शनिबार थप ६ जना जीवित बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ । त्यसैले वार्ताका लागि इजरायल लचक भएको हो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली आक्रमणमा परेर ४८ हजार २९१ प्यालेस्टिनीको मृत्यु भएको छ । एक लाख ११ हजार ७२२ जना घाइते भएका छन् । त्यहाँका भग्नावशेषमा धेरै बेपत्ता भएको र उनीहरु पनि मृत्यु भएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप