मुख्य समाचार
युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश
युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश

। विवादित भारतीय युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न त्यहाँको सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ‘इण्डियाज गट लेटेन्ट’ नामक युट्युब शोमा अभद्र र अश्लिल टिप्पणी गरेको भन्दै उनीविरुद्ध महाराष्ट्र, असम र राजस्थानमा एफआईआर दर्ता भएका थिए ।

न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहको इजलासले विभिन्न आदेश दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । गतसाता बियरबाइसेप्सले सुरक्षा माग्दै अदालतमा निवेदन दिएका थिए । आदेशमा केही राहतका सर्त भएपनि कतिपय मामिलामा निर्देशन पनि दिइएको छ ।


अदालतले भनेको छ, ‘अलाहबादियाको दिमागमा पक्कै पनि केही फोहोर कुरा थियो, जसलाई उनले युट्युब शोमा बाहिर निकाले ।’ उनले प्रयोग गरेको शब्दले दिदीबहिनी-छोरी, आमाबुवा र समाजलाई पनि लाजमर्दो हुने पनि अदालतले भनेको छ । अदालतले प्रश्न गरेको छ, ‘समाजको मूल्य मान्यता के हो ? यी प्यारामिटरहरू के हुन्, के तपाईंलाई थाहा छ ? अभिव्यक्ति स्वतन्त्रताको नाममा समाजको मर्यादाविपरीत केही पनि बोल्न पाइँदैन ।’

अदालतले के निर्देशन दियो ?

रणवीरले आफ्नो पासपोर्ट प्रहरी चौकीमा बुझाउनुपर्नेछ, उनी अनुमतिबिना भारत बाहिर जान पाउने छैनन् ।
रणवीरले आफूविरुद्ध परेका उजुरीहरूमा प्रहरी र अनुसन्धान एजेन्सीहरूलाई सहयोग गर्नुपर्नेछ ।
मुद्दाको अन्त्य नभएसम्म रणवीर इलाहाबादियाको शोको कुनै पनि एपिसोड अन-एयर हुने छैन ।
रणवीरलाई के कुरामा राहत मिल्यो ?

मुम्बई र गुवाहाटीमा दर्ता भएका एफआईआरहरूमा दण्डात्मक कार्वाहीबाट उनलाई सुरक्षा प्रदान गरिएको छ ।
आपत्तिजनक टिप्पणीको मामिलामा रणवीर इलाहाबादियाविरुद्ध कुनै नयाँ एफआईआर हुनेछैन ।
यदि नयाँ एफआईआर दर्ता भयो भने रणवीरलाई पक्राउ गरिने छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...