मुख्य समाचार
एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिए
एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिए

। इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिएको छ । दोस्रो लेगको खेलमा डच क्लब फेयनोर्डसँग १-१ गोलको बराबरी खेलेको मिलान समग्रमा २-१ को हार व्यहोर्दै बाहिरिएको हो ।

फेयनोर्ड भने पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । गएराति घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै अग्रता लिएको भएपनि त्यसपछि गोल थप्न नसक्दा र अग्रता जोगाउन नसक्दा मिलान स्तब्ध बन्यो ।




पहिलो मिनेटमै सान्टियागो जिमेनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा थिओ हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो ।

७३औं मिनेटमा जुलियन कारानाजाले गोल गर्दै पाहुना टोलीका लागि बराबरी गरे । त्यसपछि थप गोल नहुँदा बराबरीमा सकिएको खेलपछि समग्रमा २-१ को जित निकाल्दै फेयनोर्ड अन्तिम १६ मा पुग्न सफल भयो । खेल सकिने क्रममा फेयोनोर्डका गिभाइरो रिडले पनि रातो कार्ड पाएका थिए ।




यसअघि पहिलो लेगको खेलमा फेयनोर्ड १-० ले विजयी भएको थियो । मिलानले घरेलु मैदानमै प्रभावशाली प्रदर्शन गर्न नसक्दा अन्तिम १६ मा पुग्नबाट वञ्चित भयो ।

गएराति भएका अन्य खेलमा बार्यनले सेल्टिकसँग १-१ को बराबरी खेलेपनि समग्रमा ३-२ को जितसहित अघिल्लो चरणमा पुगेको छ । त्यस्तै क्लब ब्रुग र बेनफिका पनि अन्तिम १६ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...