मुख्य समाचार
नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा
नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा

। आगामी मार्चमा हुने नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा भएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाइएका हुन् ।


टोलीमा यू-१९ विश्‍वकप खेलेका तीन नयाँ खेलाडीहरू छन् जसमा सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् ।

१८ जना खेलाडीहरूमा कप्तान इन्दु बर्मा, रचना कुमारी चौधरी, राजमती ऐरी, अलिसा कुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममता कुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झना कुमारी खड्का, पुजा महतो, विन्दु रावल, मनिषा कुमारी उपाध्याय, शोभा रोकाय, सीमाना केसी छन् ।


रचना, राजमती, अलिसा र मनिषाले केही साताअघि काठमाडौंमै भएको महिला टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका लागि डेब्यू गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...