मुख्य समाचार
नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन
नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन

: स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन गरेको छ । कार्यालयले सरोकारवाला पक्षसँग अन्तरक्रिया गरी परीक्षणको कामलाई तीव्रता दिएको छ ।


नसर्ने रोग न्युनिकरणका लागि संघीय स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला र ७५३ वटा पालिकामा फागुन १ गते मसान्तसम्म एक महिने जनचेतना,खोज अनुसन्धान, रोग परीक्षण पहिचान तथा उपचारका कार्यक्रम सञ्‍चालन गरिएको छ।

नसर्ने रोग न्युनिकरणका लागि मधुमेह,उच्च रक्तचाप,मिर्गौला,शरीरको तौल मापनको अवस्था पत्ता लगाउन सरकारी स्वास्थ्य नि:शुल्क परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


नसर्ने रोगहरूलाई न्युनिकरण गर्न स्वस्थकर खानपान र नियमित व्यायाम तथा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नियमित व्यायामको लागि नमूनाको रुपमा तानसेन, रामपुर र पूर्वखोलामा खुला व्यायाम सञ्‍चालनमा ल्याएको छ ।

जिल्लामा पहिलो चरणमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपांग व्यक्तिहरको घरघरमा पुगी नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ । पाल्पामा प्रदेश सरकार स्वास्थ्यमन्त्रालयले ४० वर्षमाथिका व्यक्तिहरूलाई सुगर प्रेसरको नि:शुल्क चेकजाँच,३० वर्षमाथिका महिलालाई पाठेघर मुखको नि:शुल्क परीक्षण,दम रोगको नि:शुल्क परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरेको छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालयबाट विपिन्न वर्गको मुटु,मृगौला र क्यान्सर उपचारका लागि २ लाख रुपैयाँ र अन्य १० प्रकारका नसर्ने रोगको उपचारका लागि एक रुपैयाँ सहयोग प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढ्दै गएकाले नसर्ने रोगहरूको जनचेतना अभियानलाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्वास्थ्य कार्यालय,जिल्लाका अस्पताल,स्वास्थ्य चौकी तथा पालिकासँग समन्वयको काम गर्दै आएको बताए ।

समय समयमा छडके चेकदेखि कार्यालय प्रमुखहरूको नियमित बैठक,पालिका प्रमुखहरूको बैठकमा स्वास्थ्य अवस्था र समस्याका बारेमा कुराहरू उठाउँदै आएको प्रजिअ सुवेदीले बताए । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते बिहान ८ बजे दरवार परिसमा सबैको नि:शुल्करुपमा सुगर परीक्षण, ब्लड प्रेसर जाँच गरिने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताए ।

कार्यक्रममा जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत विवेक पौडेलले अहिले जिल्ला अस्पतालमा सबै किसिमका परीक्षण तथा ल्याब सेवादेखि धेरैजसो रोगहरूको उपचारको व्यवस्था रहेको बताए । जिल्ला अस्पतालले कम भन्दा कम रिफर गर्ने गरी गुणस्तरीय उपचारमा ध्यान दिएको डा.पौडेलले जोड दिए ।

नसर्ने रोग निकै आक्रामक तरिकाले वृद्धि भएकाले समयमै परीक्षण गरे धजधनको जोगाउन सकिने डा.पौडेलले बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नसर्ने रोगको जनचेतना फैलाउन तालिका नै बनाएर काम गर्नुपर्ने,सरोकार निकायसँग अन्तरक्रिया गर्ने,समय समयमा नमूना परीक्षण कार्यक्रम बढाउनुपर्ने पत्रकारसँग अन्तरक्रिया नियमितरुपमा गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...