मुख्य समाचार
रुस-युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबीच वार्ता सुरू
रुस-युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबीच वार्ता सुरू

— रुस-युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबीच वार्ता सुरू भएको छ । दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरू भएको हो ।


वार्तामा अमेरिका र रुस दुवै देशका प्रतिनिधिको नेतृत्व विदेशमन्त्रीले गरेका छन् । रुसका तर्फबाट विदेशमन्त्री सर्गेइ लाभरोभ र युरी उसाकोभ सहभागी छन् । उसाकोभ रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार हुन् ।


अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ छन् ।

त्यस्तै वार्तामा साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल-साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल-ऐवान सहभागी छन् । वार्ताबारे युक्रेनी पक्षलाई भने कुनै पनि जानकारी नदिइएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले आजको वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए/नभएको विषय निर्धारण गर्ने पहिलो कदम भएको बताएको छ । रुसले भने अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने आशा राखेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...