मुख्य समाचार
केआईआईटी विश्वविद्यालयले माग्यो माफी
केआईआईटी विश्वविद्यालयले माग्यो माफी

: नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ।


मंगलबार क्षमा याचना पत्र जारी गर्दै विश्वविद्यालयले माफी मागेको हो।

विश्वविद्यालयका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरु अत्यन्तै दुखी भएका जनाएका छन्।


उनले क्याम्पससँग सम्बन्धित केही व्यक्तिले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि विश्वविद्यालय परिवार दुःखी भएको बताए।

उनले भने, 'हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौं र उनीहरूलाई कहिल्यै कुनै अपमान गरेका छैनौं। हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण छन्। यद्यपि टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक प्रेरणामा गरिएका हुन्। हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं।'

सजायस्वरुप ती कर्मचारीलाई सेवाबाट हटाइएको उनले बताए। घटनाप्रति माफी माग्दै उनले भने, 'उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागेका छन्। हामी पनि जे भयो त्यसको लागि माफी चाहन्छौं र यसैद्वारा सबै विद्यार्थी र नेपालका जनताप्रति हाम्रो माया र स्नेह प्रकट गर्दछौं। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका जनता र विश्वका जनतालाई माया गर्छौं।'

उनले नेपाली विद्यार्थीलाई नियमित शैक्षिक कार्यक्रममा सामेल हुन अपील गरेका छन्।

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो। तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यस लगत्तै ठूला संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो। विश्वविद्यालयकै कर्मचारी दूर्व्यवहार गरेको भिडियोमा पनि स्पष्ट देखिन्छ।

सोही विश्वविद्यालयमा अध्ययरत भारतीय विद्यार्थीको दुर्व्यवहारका कारण छात्रा लम्सालको मृत्यु भएको नेपाली विद्यार्थीहरूको आरोप थियो। नेपाली विद्यार्थीको प्रदर्शनप्रति विश्वविद्यालय प्रशासन उल्टै आक्रोशित बनेको थियो। ठूला संख्यामा नेपाली विद्यार्थीलाई रातारात विश्वविद्यालयबाट निकालियो। रेल स्टेसनमा लगेर अलपत्र पारियो। दुर्व्यवहार गरी सयौं विद्यार्थीलाई घर फिर्ता जान प्रशासनले जबर्जस्ती गरेको विद्यार्थीहरूको गुनासो छ। सो विश्वविद्यालयमा करिब १२ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको अनुमान छ। अलपत्र परेका विद्यार्थीले दिल्लीस्थित नेपाली राजदूतावासमा फोन गरेर पीडा सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...