मुख्य समाचार
अवैधरुपमा बसेका आप्रवासीमाथि कडाइ गर्दै जापान, थप ५ जना नेपाली निष्काशित
अवैधरुपमा बसेका आप्रवासीमाथि कडाइ गर्दै जापान, थप ५ जना नेपाली निष्काशित

: जापानले समेत अवैधरुपमा बसेका आप्रवासीहरूमाथि थप कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्।


पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप पाँच नेपाली निष्काशितमा परेका छन्। स्रोतका अनुसार निष्काशित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एक/एक जना रहेका छन्।

उनीहरूमध्ये मगर, थापामगर, तामाङ जापानबाट कोरिया ट्रान्जिट हुँदै कोरियन एयरको जहाजबाट जापानले नेपाल फिर्ता पठाएको हो। त्यसैगरी गौचन र चेम्जोङ भारत ट्रान्जिट हुँदै एयर इन्डियाबाट काठमाडौं फिर्ता भएका हुन्। स्रोतका अनुसार गौचन भिसाको अवधि सकिएपछि काम गरिरहेका थिए भने गौचन अवैध ढंगले काम गरिरहेको भेटिएपछि नेपाल फिर्ता पठाएको हो।


उनीहरूले जापानको अध्यागमन कानुन उलंघन गरेको आरोपमा पक्राउ गरेको थियो। उनीहरुमाथि सोधपुछ गरेपछि नेपाल डिपोर्ट गरेको हो। यद्यपि उनीहरूले कुन-कुन कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।

तीन महिनाको अवधिमा त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानले १५ नेपालीलाई निष्काशित गरेको थियो। विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समयमा जापान, अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...