मुख्य समाचार
विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीले गरिन् जापान सरकारलाई आग्रह
विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीले गरिन् जापान सरकारलाई आग्रह

: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग आज शिष्टाचार भेटवार्ता गर्दै राजमार्गको पुनर्निर्माणका गरिदिन आग्रह गरेकी हुन्।


भेटमा नेपाल जापान सम्बन्धका विविध पक्ष, दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ। उनले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गरिन्।

भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।


यसैगरी नेपाल र जापानले गत वर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको छ। देउवाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण विपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुनर्निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी हुन् ।

यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गरेको स्मरण गराएकी छन्। मन्त्री देउवाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरिन् ।

उनले हाल काठमाडौँ नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखिन् । यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ७ मार्च १९६१ मा नारा क्षेत्रको यामाटोकोरियामा शहरमा एक मध्यमवर्गीय परिवारमा ताकाइचीको जन्म भएको थियो । उनका बाबु दाईक्यु ताकाइची टोयटा ब्रान्डसँग आबद्ध एक अटोमोबाइल कम्पनीमा काम गर्थें । आमा काचुको ताकाइची नारा क्षेत्रको प्रहरी दस्तामा थिइन् । उनले नारा क्षेत्रीय यनिवी हाईस्कुलबाट उच्च शिक्षा हासिल गरेकी हु्न् । त्यसपछि उनले कोवे विश्वविद्यालयमा पढ्न थालिन् ...
। अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं ...
आइतबार भएको मतदानमा जापानको प्रतिनिधि सभामा ४६५ सिटमध्ये एलडीपी नेतृत्वमा रहेको गठबन्धनले ३५२ सिट जितेको बीबीसीले जनाएको छ ।
। जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो । सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ ...
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । 'आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना ...