मुख्य समाचार
दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध

— दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको व्यक्तिगत जानकारी सुरक्षा आयोगका अनुसार डिपसिकले डेटा संरक्षणको कानुन सुधार गर्न आवश्यक छ । आयोगले सुधारको आग्रह गर्दै, सुधार नभएसम्म कोरियाली प्रयोगकर्ताका लागि उपलब्ध नहुने बताएको हो ।


गत साता डिपसिक विश्वभर चर्चित भएपछि दक्षिण कोरियामा पनि यसका प्रयोगकर्ता तीव्र रुपमा बढेका थिए । एप स्टोरको शीर्ष स्थानमा पुगेको यो एप सातामा १० लाखभन्दा बढीले डाउनलोड गरेका थिए । तर यो एपले व्यक्तिगत गोपनियता र राष्ट्रिय सुरक्षासँग सम्बन्धित चिन्ताहरु ल्याएको कारण विभिन्न देशहरुले यसमा प्रतिबन्ध लगाएका छन् ।


दक्षिण कोरियाका केही सरकारी निकायहरूले आफ्ना कर्मचारीलाई काम गर्ने उपकरणहरूमा डिपसिक डाउनलोड गर्न नदिने निर्णय गरेपछि शनिबार साँझदेखि यो एप एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छैन ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग–मोकले डिपसिकलाई ‘सक’ अर्थात झड्का भन्दै यसले एआई मात्रै नभई अन्य उद्योगहरूमा पनि प्रभाव पार्न सक्ने बताएका छन् । यद्यपि, पहिल्यै डाउनलोड गरिएको डिभाइसमा भने एप प्रयोग गर्न मिल्छ र यसको वेबसाइट पनि प्रयोग गर्न सकिन्छ ।

दक्षिण कोरिया मात्र होइन, ताइवान र अस्ट्रेलियाले पनि यसलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाएका छन् । इटालीको नियामक निकायले पनि डिपसिकलाई यसको गोपनीयता नीति सुधार गर्न आग्रह गरेको छ । सुधार नहुन्जेल एप स्टोरमा डिपसिक उपलब्ध नहुने नियामक निकायले जनाएको छ ।

त्यसैगरी, अमेरिकामा सांसदहरूले सरकारी उपकरणहरूमा डिपसिक प्रतिबन्ध लगाउने प्रस्ताव राखेका छन् । टेक्सास, भर्जिनिया र न्यूयोर्क राज्यमा सरकारी कर्मचारीहरूलाई एप प्रयोग गर्न नदिने नियम लागू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...