— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन-२०७९ मा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरेको बताएका छन् । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जितेको भए आफूलाई समेत सजिलो हुने बताएका हुन् ।
‘पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो,’ उनले भने,‘यसमा तपाईंहरूले गल्ती गर्नुभयो ।’ ओलीले मिसन ०८४ लाई केन्द्रित गरेर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले हराएकी थिइन् । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले पोखरेललाई १९३ मतले हराएकी थिइन् ।
lशर्माले २६ हजार ८ सय ८० मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए । दाङ-२ मा तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए ।