मुख्य समाचार
अवतरणका क्रममा टोरन्टो विमानस्थलमा उत्तानै पल्टियो जहाज, सबै यात्रु सकुशल
अवतरणका क्रममा टोरन्टो विमानस्थलमा उत्तानै पल्टियो जहाज, सबै यात्रु सकुशल

— क्यानडाको टोरन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाज पल्टिएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो डेल्टा एयरलाइन्सको जहाज अवतरणका क्रममा विमानस्थलमा पल्टिएको हो ।


क्यानडेली सञ्चारमाध्यम सीबीसीका अनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेको सीबीसीले जनाएको छ । अमेरिकाको मिनेसोटाबाट उडान भरेको उक्त जहाज अवतरणका क्रममा पल्टिएको हो । के कारणले दुर्घटना भयो भन्नेबारे अहिलेसम्म केही नखुलेकोसमेत समाचारमा जनाइएको द्धछ ।


जहाजमा रहेका यात्रुहरूले एक्कासि अवतरण गरिएको बताएका छन् । जहाज पल्टिएपछि केही भागमा आगोसमेत लागेको थियो । तर तत्काल आगो निभाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । जहाजबाट निस्कँदै गरेको भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

पियर्सन विमानस्थलका हवाई यातायात नियन्त्रण टावरको अडियो रेकर्डअनुसार डेल्टा एयरलाइन्सलाई दिउँसो २ बजे अवतरणका लागि अनुमति दिइएको थियो । क्यानडियन प्रेसको एक रिपोर्टअनुसार टावरले पाइलटहरूलाई एक विमानको' ग्लाइड पाथ'मा सम्भावित वायुप्रवाहको 'टक्कर'का बारेमा चेतावनी दिएको थियो । त्यसपछि टावर र पाइलटहरूबीच कुराकानी नभएको पनि सीबीसीले जनाएको छ ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
सबै हेर्नुहोस्
दुर्घटनामा परेको डेल्टा एयरलाइन्सको जहाज बमबार्डियर इंकले बनाएको हो । मित्सुबिसी सीआरजे-९०० एल आर जहाजको यात्रु क्षमता ८५ जना हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...