मुख्य समाचार
भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन
भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन

: भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ। ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीमाथि धरपकड गरिएपछि अखिल आन्दोलत बनेको हो।


नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्‍याइएको भन्दै अखिलले विरोध प्रदर्शनसमेत गरेको छ। अखिलले केआईआईटी कलेजको प्रांगणमै विरोध प्रदर्शन गरेको हो।

अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजल माफी माग्नुपर्ने, उनीहरूलाई कलेजमा फिर्ता बोलाउनुपर्ने माग गरेका छन्। रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्थासमेत कलेजले गर्नुपर्ने परिषद्को माग छ।

यसबाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपूर्ति दिनसमेत परिषद्ले माग गरेको छ। परिषद्का ओडिसा सचिव बुद्धदेव वाग रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई भेट्न पुगेका थिए। वागले नेपाली विद्यार्थीलाई कलेज फर्काउन कलेज प्रशासनसँग संवाद सुरु गरिएको बताए।

उनले भने, 'हामी मृतक विद्यार्थीप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर स्टेसनमा राखेर विश्वविद्यालयले गरेको अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भर्त्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दछौं।'

आइतबार केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत भेटिएकी थिइन्। उनको न्यायका लागि विश्वविद्यालयमा अध्ययनरत ५ सय बढी विद्यार्थीले आइतबार रातिदेखि नै प्रदर्शन गरेका थिए। नेपाली विद्यार्थीहरूले प्रकृतिको न्यायका लाग गुहार गरेका थिए।

तर, विश्वविद्यालय प्रशासनले उल्टै नेपाली विद्यार्थीमाथि धरपकड गरेका थिए। उनीहरूलाई होस्टेल छोड्न निर्देशनसमेत दिएको थियो। यस क्रममा धेरै नेपाली विद्यार्थी ओडीसाको भुवनेश्वरमा अलपत्र परेका थिए।
यो विषयमा सञ्चारमाध्यममा भाइरल भएपछि सम्बन्धित निकाय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि पहल गरेको थियो। दूतावासको पहलपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलमा बस्न अनुमति दिएको थियो। विश्वविद्यालयले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्किन आग्रह गरेको थियो। विश्वविद्यालयले वैकल्पिक कक्षा उपलब्ध गराएर भए पनि शैक्षिक सत्र सञ्चालन गरिने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको हो। उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्। अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो। अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो। निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले ...
। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ...
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम