मुख्य समाचार
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै

। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।




नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानका संयोजक कैलाश रोकाले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा ४७ खेलमध्ये लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदनामा १४ अन्य खेल सिदार्थ रंगशाला र तिलोत्तमा एक्ट्र टेक वभल क्रिक्रेट मैदानमा क्रिकेट क्रिक्रेट प्रतियोगिता हुने बताए ।

देउखुरी मैदानमा तयारी तीव्र




आगामी फागुन २५ गतेदेखि लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । प्रतिष्ठित मानिएको यो प्रतियोगितालाई लक्षित गर्दै अहिले मैदान मर्मत सम्भारका कामलाई तीव्रता दिइएको छ ।

प्रतियोगिताका लागि मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने र अन्य भौतिक पूर्वाधार मर्मत सम्भारका कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानका सांयोजक कैलाश रोकाले जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान)को टोलीले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानलाई तयारीको कामलाई तीव्रता दिइरहेको छ । प्रतियोगिताका लागि तयार पार्ने काम अन्तिम चरणमा पुगेको रोकाले बताए । लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू मैदान स्थलगत निरिक्षण तथा अनुगमनमा व्यस्त छन् ।

नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ्ले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सबै तयारी अन्तिम चरणमा पुर्‍याइएको बताए । स्थानीय निकाय, खेलप्रेमी, तथा विभिन्न संघसंस्थाको सहयोगबाट खेलाडी र दर्शकलाई उत्कृष्ट वातावरण प्रदान गरी क्रिक्रेट प्रतियोगितालाई सफल पार्ने लक्ष्य भएको उनले बताए ।

खेलाडीलाई अवसर, दर्शक उत्साहित

प्रतियोगितामा नेपालका विभिन्न प्रदेश तथा विभागीय टिमका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रधानमन्त्री कपलाई नेपाली क्रिक्रेटमा खेलाडी उत्पादनको मञ्चका रूपमा हेरिन्छ । राष्ट्रिय टिमका धेरै खेलाडीहरू यिनै घरेलु प्रतियोगिताबाट उदाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने यो प्रतियोगिताले नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । स्थानीय तह र खेलप्रेमीहरू पनि प्रतियोगिताप्रति उत्साहित देखिएका छन् ।

नेपाल क्रिक्रेट संघ दाङ जिल्ला अध्यक्ष प्रदिप मजगैँयाका अनुसार प्रतियोगितामा दर्शकको सहभागिता उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना, र स्वास्थ्य सहायता सेवाका तयारी पनि भइरहेको छ ।

प्रतियोगिता हेर्न लमही, भैरहवा, बुटवललगायतका स्थानबाट दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ । दर्शकहरू पनि उत्साहित छन् । लमहीका युवा खेलप्रेमी प्रेम पुलामी भन्छन्, ‘हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लागेको छ । हामी सबै खुसी छौं । मैदान मर्मतसम्भार लगायत विभिन्न काम भइरहेकाले अब छिट्टै तयारी पूरा हुन्छ भन्ने विश्वास छ ।’

स्थानीय होटल तथा यातायात व्यवसायीले समेत प्रतियोगिताका कारण व्यवसायमा चहलपहल बढ्ने अनुमान गरेका छन् । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेलप्रेमी, संघसंस्था तथा व्यवसायीहरूसमेतले सक्दो सहयोग गर्न आह्वान गरिएको छ ।

नेपाल क्रिकेट संघले प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...