मुख्य समाचार
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै

। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।




नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानका संयोजक कैलाश रोकाले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा ४७ खेलमध्ये लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदनामा १४ अन्य खेल सिदार्थ रंगशाला र तिलोत्तमा एक्ट्र टेक वभल क्रिक्रेट मैदानमा क्रिकेट क्रिक्रेट प्रतियोगिता हुने बताए ।

देउखुरी मैदानमा तयारी तीव्र




आगामी फागुन २५ गतेदेखि लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । प्रतिष्ठित मानिएको यो प्रतियोगितालाई लक्षित गर्दै अहिले मैदान मर्मत सम्भारका कामलाई तीव्रता दिइएको छ ।

प्रतियोगिताका लागि मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने र अन्य भौतिक पूर्वाधार मर्मत सम्भारका कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानका सांयोजक कैलाश रोकाले जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान)को टोलीले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानलाई तयारीको कामलाई तीव्रता दिइरहेको छ । प्रतियोगिताका लागि तयार पार्ने काम अन्तिम चरणमा पुगेको रोकाले बताए । लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू मैदान स्थलगत निरिक्षण तथा अनुगमनमा व्यस्त छन् ।

नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ्ले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सबै तयारी अन्तिम चरणमा पुर्‍याइएको बताए । स्थानीय निकाय, खेलप्रेमी, तथा विभिन्न संघसंस्थाको सहयोगबाट खेलाडी र दर्शकलाई उत्कृष्ट वातावरण प्रदान गरी क्रिक्रेट प्रतियोगितालाई सफल पार्ने लक्ष्य भएको उनले बताए ।

खेलाडीलाई अवसर, दर्शक उत्साहित

प्रतियोगितामा नेपालका विभिन्न प्रदेश तथा विभागीय टिमका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रधानमन्त्री कपलाई नेपाली क्रिक्रेटमा खेलाडी उत्पादनको मञ्चका रूपमा हेरिन्छ । राष्ट्रिय टिमका धेरै खेलाडीहरू यिनै घरेलु प्रतियोगिताबाट उदाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने यो प्रतियोगिताले नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । स्थानीय तह र खेलप्रेमीहरू पनि प्रतियोगिताप्रति उत्साहित देखिएका छन् ।

नेपाल क्रिक्रेट संघ दाङ जिल्ला अध्यक्ष प्रदिप मजगैँयाका अनुसार प्रतियोगितामा दर्शकको सहभागिता उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना, र स्वास्थ्य सहायता सेवाका तयारी पनि भइरहेको छ ।

प्रतियोगिता हेर्न लमही, भैरहवा, बुटवललगायतका स्थानबाट दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ । दर्शकहरू पनि उत्साहित छन् । लमहीका युवा खेलप्रेमी प्रेम पुलामी भन्छन्, ‘हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लागेको छ । हामी सबै खुसी छौं । मैदान मर्मतसम्भार लगायत विभिन्न काम भइरहेकाले अब छिट्टै तयारी पूरा हुन्छ भन्ने विश्वास छ ।’

स्थानीय होटल तथा यातायात व्यवसायीले समेत प्रतियोगिताका कारण व्यवसायमा चहलपहल बढ्ने अनुमान गरेका छन् । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेलप्रेमी, संघसंस्था तथा व्यवसायीहरूसमेतले सक्दो सहयोग गर्न आह्वान गरिएको छ ।

नेपाल क्रिकेट संघले प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...