मुख्य समाचार
बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुग्यो
बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुग्यो

। बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुगेको छ । अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिने सम्भौता भएको थियो ।

सोही सम्झौताअनुसार आइतबार पहिलो खेप औषधि आइपुगेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा.सुमन पन्थीले जानकारी दिए।

डब्लुएचओ नेपालका अनुसार क्रमैसँग थप औषधि उपलब्ध हुनेछ। पहिलो खेपमा २३०० भन्दा बढी प्याकेट औषधि आएका छन् ।

यी औषधीहरू क्यान्सरबाट प्रभावित बालबालिकाको उपचारका लागि प्रयोग गरिनेछन् । अहिले आएको औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइँदैछ।

भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भतरपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।

सरकारले २०८१ मंसिर १ गतेबाट लागु हुनेगरी तोकिएका अस्पतालहरूमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । अत्यावश्कय औषधि नि:शुल्क आएपछि उपचार सहज हुने अपेक्षा छ ।

नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै छ। नेपालले सन २०३० सम्म बाल क्यान्सर निको हुनेदर कम्तिमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

बाल क्यान्सरको निःशुल्क औषधि आएपछि निको हुने दर बढ्ने र लक्ष्य प्राप्तिमा सहयोग पुग्ने डा.पन्थीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु