मुख्य समाचार
शकिरा अस्पताल भर्ना, पेरुमा हुने उनको कन्सर्ट स्थगित
शकिरा अस्पताल भर्ना, पेरुमा हुने उनको कन्सर्ट स्थगित

। आफ्नो बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना गरिएको छ । जसको कारण पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

४८ वर्षीया गायिकाले अस्पतालको आकस्मिक कक्षमा आफू उपचाररत रहेको जानकारी दिएकी छन् । सामाजिक संजाल एक्समा पोस्ट गरिएको सूचनामा शकिराले कन्सर्ट रोक्नुपरेकोमा दुःख व्यक्त गरेकी छन् ।




उनी लेख्छिन्, ‘म तपाईं सबैलाई जानकारी गराउँदै माफी माग्न चाहन्छु कि गएराती पेटको समस्याले म अस्पतालमा जानुपर्‍यो । अहिले पनि उपचाररत छु ।’ चिकित्सकले उनलाई स्टेजमा नगइकन आराम गर्न सल्लाह दिएका छन् ।

पेरुका फ्यानमाझ प्रस्तुति दिनको लागि आफू प्रतीक्षारत रहेको बेला कन्सर्ट रद्द गर्नुपर्दा दुःखित रहेको उनले जनाएकी छिन् । आयोजकले पूर्वनिर्धारित मितिमै कन्सर्ट गर्न प्रतिबद्ध रहेको सन्देश दिइरहेको उनले बताएकी छन् ।




‘म तपाईं सबैलाई माया गर्छु र बुझाइलाई कदर गर्छु’ उनले लेखेकी छिन् । स्वास्थ्य समस्याको बाबजुद ‘हिप्स डन्ट लाई’ गायिका चाँडै स्टेजमा फर्किनेमा आशावादी छिन् । सोमबार डिस्चार्ज भएर टूरलाई निरन्तरता दिने उनको आशा छ । योजनाअनुसार निको भइन भने कोलम्बिया जानुअघि पेरुमा प्रस्तुति दिनुपर्नेछ ।

शाकिराले फेब्रुअरी ११ मा ब्राजिलको रियो दि जेनेरियोबाट भ्रमण सुरु गरेकी थिइन् । उत्कृष्ट ल्याटिन पप एल्बमको लागि यसवर्ष ग्रामी अवार्ड जितेको केही दिनमै उनी टूरमा निस्किएकी हुन् । उनको दक्षिण अमेरिकी यात्रा ८ मार्चसम्म चल्नेछ । त्यसपछि उनी मेक्सिकोको लागि तयार हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...