मुख्य समाचार
एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने
एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने

। एप्पलको लोकप्रिय एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत आफ्नो टिभी एप लन्च गरेको हो । एप्पल टिभी एप्पलको स्ट्रिमिंग प्लाटफर्म हो ।

साधारणतया एप्पलले एन्ड्रोइडका लागि एप लन्च गर्दैन । कम्पनीले केवल आइओएस तथा म्याक ओएसका लागि मात्रै आफ्ना प्रडक्ट केन्द्रित गर्दछ । तर यसपटक भने एप्पल टिभी एप एन्ड्रोइडका लागि समेत जारी भएसँगै यसले सबैलाई अचम्ममा पारेको छ ।


एप्पलका अनुसार अब एप्पल टिभी एप विश्वभरका एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । यो एपको मद्दतले प्रयोगकर्ताले एप्पल टिभी प्लसमा रहेका सबै सामाग्री एन्ड्रोइड प्लाटफर्ममा पनि हेर्न सक्दछन् । तर यसका लागि एप्पल टिभीको सब्सक्रिप्सन लिनु पर्दछ ।

एप्पलका यी पाँच एपमात्रै एन्ड्रोइडमा छन्


एन्ड्रोइडका लागि एप्पलले उपलब्ध गराएका सर्भिसहरुको कुरा गर्दा केवल ५ वटा मात्रै एप्पलका यस्ता एप छन् जसले आइओएससँग एन्ड्रोइडमा पनि उपलब्ध छन् । यी एपमा Apple Music, Move to iOS, Apple TV, Beats tyf Apple Music Classical रहेका छन् । एप्पल टिभी प्लसलाई लिएर कम्पनी निकै उत्साहित पनि रहेको छ र यसलाई एन्ड्रोइडमा समेत लञ्च गरेर एप्पलले बृहत बजारमा प्रभुत्व जमाउन चाहन्छ ।

स्मरण रहोस् एप्पलले विभिन्न हलिउड कलाकारहरुँग सहकार्य गरेको छ । कम्पनीले मौलिक सिर्जनामा पनि निकै धेरै काम गरिरहेको छ । एप्पल टिभी एप यो निशुल्क सेवा भने होइन, केवल एपमात्रै निशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । कन्टेन्ट हेर्नका लागि मासिक शुल्क तिर्नुपर्दछ ।

एप्पल टिभी प्लस एन्ड्रोइड प्लाटफर्ममा लन्च भएसँगै यसले अन्य ओटिटी प्लाटफर्महरुलाई टक्कर दिने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...