मुख्य समाचार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हराए
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हराए

। सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा चार गोल भएका थिए । म्यानमारले पहिलो हाफमा थुप्रै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन । लेबनानकी गोलरक्षक मार्सेल सिकीले शानदार बचाउहरू गरेकी थिइन् ।




लेबनानले पनि पहिलो हाफमा गोल गर्ने उत्कृष्ट अवसर गुमाएको थियो । लेला इस्कानडरले किपरलाई बिट गरिसकेको अवस्थामा प्रहार गरेको शट बारमा लागेर फर्किएको थियो ।

खेलको ५७औं मिनेटमा म्यानमारकी कप्तान विन थेइङ्गगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिइन् । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गरेकी थिइन् ।




त्यसको तीन मिनेटमै लेबनानकी लेला इस्कानडरले गोल गरेकी थिइन् । लाएलाले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरिन् ।

तर त्यसपछि म्यानमारले थप २ गोल गर्‍यो । ७२औं मिनेटमा यु पेर खिनेले दायाँ भागबाट दिएको क्रसमा स्वे यी तुनले हेडमार्फत गोल गर्दै म्यानमारलाई पुन: अग्रता दिलाइन् । ७५औं मिनेटमा सान थव थवले गोल गर्दै अग्रता अझ बढाइन् ।

अब साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...