मुख्य समाचार
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : महिला फुटबलका लागि अवसर
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : महिला फुटबलका लागि अवसर

काठमाडौंको दशरथ रंगशालमा चार देश सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप सुरु हुँदैछ । जसमा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर पहिलो पटक महिला फुटबलमा यो किसिमको प्रतियोगिता आयोजना गर्न लागेको हो ।




नेपालमा दक्षिण एसिया बाहिरबाट टिम आएर महिला फुटबलको यो स्तरको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो । यसअघि नेपालमा साफ वुमन्स च्याम्पियनसिप तीनपटक आयोजना भएको थियो भने ओलम्पिक क्वालिफायरमा भियतनाम नेपाल आएर खेलेको थियो ।

पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना हुनु नेपाली महिला फुटबलको लागि राम्रो संकेत हो । पहिलो कुरा नेपाल भन्दा माथिको वरियताको टिम आउँदैछ भने अर्को तीनवटै टिम दक्षिण एसिया बाहिरबाट आउँदैछ ।
त्यसमा पनि आफ्नो देश छाडेर विदेशमा लिग खेलिरहेका खेलाडीहरु सबै टिममा छन् । अष्ट्रेलिया देखि अमेरिकासम्म, फ्रान्स देखि डेनमार्कसम्मको लिग खेल्ने खेलाडीहरु अब केही दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतिस्पर्धा उत्रनेछन् ।


महिला फुटबलमा त्यो स्तरको खेलाडीहरु आफ्नै आँखा अगाडि हेर्न पाउनु नेपाली दर्शकका लागि पनि राम्रो अवसर हुनेछ भने खेलाडीहरु स्वयंका लागि पनि यो अन्तर्राष्ट्रिय फुटबलबारे बुझ्ने राम्रो अवसर हुनेछ ।

यसका लागि नेपालका कप्तान एन्जिला तुम्बापो सुब्बाले एन्फालाई धन्यवाद पनि दिइन् । ‘हाम्रो लागि यो ठूलो अवसर हो । साफलगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं’ उनले आइतबार प्रि म्याच कन्फ्रेन्समा भनिन्, ‘हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’

कप्तान एन्जिलाले सबै टिम राम्रो रहेको र बोलेर भन्दा पनि मैदानमा खेलेर प्रमाणित गर्नुपर्ने बताइन् । ‘हाम्रो तयारी राम्रो छ । टिमवर्क राम्रो छ । विपक्षी टिमहरु पनि बलियो छ । बोलेर भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ’ उनले भनिन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि सबै तयारी भइसकेको र राम्रो प्रदर्शन गर्ने बताए । तामाङले लगातार तेस्रो प्रतियोगितामा नेपालको महिला टिमको प्रशिक्षण सम्हालेका छन् । यसअघि गत वर्ष फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिप र अक्टोबरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

यस पटक नेपाललाई घरेलु मैदानमा राम्रो खेल्दै उपाधि जित्ने अवसर समेत छ । त्यसका लागि नेपाली टिममा क्षमता रहेको पनि प्रशिक्षक तामाङले दाबी गरे । उनले यसअघि समस्याको रुपमा रहेको डिफेन्स लाइन मजबुत पार्दै खेल्ने बताए ।

अहिले महिला लिग भएकोले सबै खेलाडी फिट रहेको अनि यसपटक टिम राम्रो बनेको तामाङको बुझाई छ । नेपालले तीनवटै विपक्षीसँग यसअघि कम्तीमा एक पटक खेलेको अनुभव छ । तर त्यो बेला र अहिलेको अवस्थामा फरक आइसकेको छ ।

नेपालले म्यानमारसँग ३ तथा लेबनान र कीर्गिस्तानसँग १-१ पटक खेलेको छ । म्यानमारसँग जितविहिन रहेको नेपालले लेबनान र कीर्गिस्तानलाई भने हराएको थियो ।
म्यानमारसँग एक खेलमा ड्र खेल्नु नै नेपालको लागि ठूलो उपलब्धी हो ।

लेबनानसँग नेपालले गत वर्ष वाफ च्याम्पियनसिपमा सेमिफाइनलमा खेलेको थियो । जसमा नेपाल २-१ ले विजयी हुँदै फाइनल पुगेको थियो ।

यस्तै कीर्गिस्तानविरूद्ध भने सन् २०१९ मा भएको नाजेज्दा कपमा खेलेको थियो । कीर्गिस्तानमै भएको उक्त खेलमा नेपाल ८-२ ले विजयी भएको थियो । तर अहिले कीर्गिस्तानको टिममा धेरै परिवर्तन आइसकेको छ ।

प्रशिक्षक तामाङले विपक्षी टिमहरु राम्रो रहेको र आफ्नो योजना अनुसार खेल्ने बताए । ‘६ वर्ष पहिलो र अहिलेको कीर्गिस्तान टिममा फरक छ । उनीहरुले धेरै सुधार गरेका छन् । हामीले जित्छौं तर कठिन भने हुनेछ’ तामाङले भने, ‘लेबनान पनि बलियो टिम छ । उनीहरुको स्ट्रक्चर र ट्याक्टिकल राम्रो छ । म्यानमार बलियो टोली हो । अहिलेसम्म ३ खेल खेल्दा एक ड्र र दुई हार नतिजा छ ।’

वरियतामा म्यानमार सबैभन्दा माथि छ । म्यानमार ५५औं स्थानमा छ भने नेपाल १०३औं स्थानमा छ । यस्तै कीर्गिस्तान १२८औं र लेबनान १३४औं वरियतामा छ ।

म्यानमारका प्रशिक्षक तेतसुरो युकीले नेपाल आएर खेल्न पाउदा खुसी व्यक्त गर्दै ३ टिम विरूद्ध खेल्न उत्साहित रहेको बताए । उनले नेपाली टोली शारीरिक रुपमा बलियो रहेको र सहज रूपमा नलिने बताए ।

यस्तै म्यानमारका फरवार्ड विन थिइनगी तुनले प्रतियोगिताको लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताइन् । उनले म्यानमार वरियतामा माथि रहेपनि अन्य टिमपनि राम्रो रहेको उल्लेख गरिन् ।

लेबनानका प्रशिक्षक वेल घरजेद्दीनले एसियन वुमन्स क्वालिफायरको तयारीमा यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । ‘हामी यहाँ राम्रो फुटबल खेल्न आएका हौँ । युवा टिम हो । धेरै खेलाडी विदेशी लिग खेल्छन् । खेलाडीहरुबीच आपसी तालमेल मिलाउने अपेक्षा छ । ’

उनले प्रशिक्षणका लागि थोरै समय भएको र तीन मुख्य खेलाडी आउन बाँकी रहेको बताए । उनीहरू सोमबारसम्म आइपुग्ने विश्वास व्यक्त गरे ।

लेबनानका कप्तान नाताली मतारले पनि प्रशिक्षककै भनाईमा सहमति जनाउँदै यो प्रतियोगिता राम्रो अवसर रहेको बताए । ‘धेरै खेलाडीहरु विदेशमा खेल्छन् त्यसैले एसियन क्वालिफिकेसनको लागि तयारी गर्न यो राम्रो अवसर हो’ उनले भनिन् ।

प्रतियोगितामा सहभागी भएकोमध्ये कीर्गिस्तान युवा टोलीको रूपमा छ । टिममा सन् २००२ यता जन्मिएका खेलाडीहरू मात्र छन् । सबैभन्दा अनुभवी खेलाडी २००२ मा जन्मेका हुन् ।

कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता राम्रो अवसर भएको बताए । ‘हाम्रो लागि फोर नेसन्स कपमा सहभागि हुनु राम्रो अवसर हो । हामी राम्रो फुटबल देखाउन चाहन्छौँ । महत्वपूर्ण कुरा क्यारेक्टर हो’ उनले भने ।

यस्तै कीर्गिज कप्तान अबिबुल्ला किजी दिलनुराले आफ्नो टिम राम्रो रहेको र ट्रफी जित्नै आएको बताइन् । त्यसो नभए पनि नयाँ टिमहरूसँग राम्रो अनुभव लिन खेल्ने उनको भनाइ थियो ।

चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टोलीबीच फागुन १४ गते फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...