मुख्य समाचार
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराए
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले वुल्भ्सलाई हराउँदै उत्कृष्ट लय कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराएको हो ।

लिभरपुलको जितमा लुइस डियाज र मोहमद सालाहले एक-एक गोल गरे । वुल्भ्सका म्याथ्युस कुन्हाले एक गोल गरे ।




लिभरपुलले पहिलो हाफमै दुई गोलको अग्रता लिएपनि दोस्रो हाफमा भने वुल्भ्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । तर थप गोल नहुँदा लिभरपुल विजयी भयो ।

खेलको १५औं मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलले पहिलो हाफमै २-० को अग्रता बनायो ।




दोस्रो हाफको ५९औं मिनेटमा पेनाल्टी पाएपनि भिएआरले उल्टाउँदा लिभरपुल तेस्रो गोलको मौकाबाट वञ्चित भएको थियो । ६७औं मिनेटमा कुन्हाले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि थप गोल भएन।

जितपछि शीर्षस्थानको लिभरपुलको २५ खेलमा ६० अंक भएको छ भने पराजित वुल्भ्स १९ अंकसहित १७औं स्थानमा छ । लिभरपुल यस सिजन हालसम्म एक खेलमा मात्र पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...