मुख्य समाचार
अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र कीर्गिस्तान ६ वर्षपछि खेल्दै
अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र कीर्गिस्तान ६ वर्षपछि खेल्दै

काठमाडौंमा सुरू हुने इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले कीर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दैछ ।

नेपाल र कीर्गिस्तान अन्तर्राष्ट्रिय महिला फुटबलमा ६ वर्षपछि खेल्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरू हुनेछ । त्यसअघि प्रतियोगितामा सहभागी अन्य दुई टिम म्यानमार र लेबनानबीच दिउँसो २ बजे पहिलो खेल हुनेछ ।




नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तानसँग ६ वर्षअघि खेले पनि अहिलेको टिम फरक रहेको बताए । ‘कीर्गिस्तानसँग ६ वर्षअघि खेल्दा हामीले ८-२ ले जितेको थियो । त्यसपछि खेलेको छैन’ तामाङले भने, ‘पछिल्लो पटक कीर्गिस्तानले भारतसँग ओलम्पिक छनोटमा खेलेको रहेछ । उनीहरूको अहिलेको फुटबल फरक छ । ६ वर्षमा राम्रो सुधार गरेको देखिन्छ ।’

प्रशिक्षक तामाङले कीर्गिस्तानविरूद्ध राम्रो योजना बनाएर खेल्ने र जितका लागि खेल्ने बताएका छन् । ‘उनीहरू बलियो बनेर आएको छ । योजना बनाएर खेल्नुपर्छ ।हाम्रो राम्रो स्ट्राइकरहरू छ । त्यसलाई राम्रोसँग खेल्नुपर्छ । कीर्गिस्तानको काउन्टर अट्याक राम्रो छ र बल पोसेसन पनि राम्रो छ त्यसमा हामीले ध्यान दिनुपर्छ । जित निकाल्छौं तर अलि कठिन हुन्छ’ उनले आइतबार प्रि-म्याच कन्फ्रेन्समा भनेका थिए ।






उता कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता राम्रो अवसर भएको बताए । ‘हाम्रो लागि फोर नेसन्स कपमा सहभागी हुनु राम्रो अवसर हो । हामी राम्रो फुटबल देखाउन चाहन्छौं । महत्वपूर्ण कुरा युनिटी र क्यारेक्टर हो’ उनले भने ।

यस्तै पहिलो खेलमा नेपालसँग खेल्नेबारे सोध्दा प्रशिक्षक जाकिरोभले यो ठूलो जिम्मेवारी भएको बताए । ‘नेपालसँग पहिलो खेल नै खेल्नु हाम्रो लागि ठूलो जिम्मेवारी हुनेछ । हामी स्टेडियमभरी दर्शकको अपेक्षा राख्दछौं ।’

यस्तै कीर्गिज कप्तान अबिबुल्ला किजी दिलनुराले आफ्नो टिम राम्रो रहेको र ट्रफी जित्नै आएको बताइन् । त्यसो नभए पनि नयाँ टिमहरूसँग राम्रो अनुभव लिन खेल्ने बताइन् । ‘हाम्रो टोली युवा छ । हामी यहाँ ट्रफी जित्न आएका हौं त्यो नभएपनि हामी नयाँ टिमसँग अनुभव बटुल्नेछौं’ उनले भनिन् ।

पछिल्लो पटक नेपाल र कीर्गिस्तान नाजेज्दा कपमा खेलेका थिए । त्यसमा खेलमा नेपालको फराकिलो जितमा सावित्रा भण्डारी साम्बाले चार गोल गरेकी थिइन् ।


कीर्गिस्तानविरूद्ध ६ वर्षअघि खेल्दा ४ गोल गरेकी साम्बा यस खेलमा भने नखेल्ने प्रशिक्षक तामाङले बताएका छन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा सोमबारै नेपाल आइपुग्ने छिन् र उनले पहिलो खेलमा आराम गर्ने भएकी हुन् ।

यस्तै ६ वर्षअघि कीर्गिस्तानविरूद्ध २ गोल गरेकी अनिता बस्नेत हाल पनि टिममा छिन् भने अन्य दुई गोलकर्ता निरु थापा र दिपा राईले राष्ट्रिय टिमबाट सन्यास लिइसकेका छन् ।

पछिल्लो पाँच खेलमा नेपालको प्रदर्शन ३ जित, १ बराबरी र १ हारको नतिजा छ । काठमाडौंमै भएको साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई समूह चरणमा हराएको थियो । भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । भुटानविरूद्ध बराबरीमा रोकिएको नेपाल साफको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।



कीर्गिस्तानले भने अन्तर्राष्ट्रिय फुटबलमा धेरे खेल खेलेको छैन । सन् २०२२ मा काफा वुमन्स च्याम्पियनसिपमा चार खेल खेलेको कीर्गिस्तानले २०२३ मा ओलम्पिक छनोटमा २ खेल खेलेको थियो ।

काफा वुमन्स च्याम्पियनसिपमा कीर्गिस्तानले ताजकिस्तानलाई पराजित गरेको थियो । तुर्कमिनेस्तानसँग बराबरी खेलेको कीर्गिस्तान इरान र उज्वेकिस्तानसँग पराजित भएको थियो । यस्तै २०२३ अप्रिलमा भएको ओलम्पिक छनोटमा कीर्गिस्तान भारतसँगको दुवै खेलमा पराजित भएको थियो ।

नेपालमा पहिलो पटक महिला फुटबलको चार राष्ट्र सम्मिलित प्रतियोगिता हुन लागेको हो । यसलाई महिला फुटबल अघि बढाउने राम्रो अवसरको रुपमा समेत लिन सकिन्छ । त्यसैले कीर्गिस्तान विरुद्ध पहिलो खेल खेल्दा नेपाल सुखद सुरूवात गर्ने लक्ष्यमा छ ।

भविष्यमा विश्वकप नै खेल्ने लक्ष्य राखेको नेपालको लागि त्यसको आधार यही प्रतियोगिताबाट हुन सक्छ । दक्षिण एसिया भन्दा बाहिरको टिमसँग धेरै खेल्न नपाउने नेपालका लागि पनि बाहिर टिमसँग घरेलु मैदानमै खेल्ने यो राम्रो अवसर हो । यसबाट आगामी दिनमा महिला फुटबललाई कसरी अघि बढाउने भन्ने योजना बन्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...