मुख्य समाचार
अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र कीर्गिस्तान ६ वर्षपछि खेल्दै
अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र कीर्गिस्तान ६ वर्षपछि खेल्दै

काठमाडौंमा सुरू हुने इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले कीर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दैछ ।

नेपाल र कीर्गिस्तान अन्तर्राष्ट्रिय महिला फुटबलमा ६ वर्षपछि खेल्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरू हुनेछ । त्यसअघि प्रतियोगितामा सहभागी अन्य दुई टिम म्यानमार र लेबनानबीच दिउँसो २ बजे पहिलो खेल हुनेछ ।




नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तानसँग ६ वर्षअघि खेले पनि अहिलेको टिम फरक रहेको बताए । ‘कीर्गिस्तानसँग ६ वर्षअघि खेल्दा हामीले ८-२ ले जितेको थियो । त्यसपछि खेलेको छैन’ तामाङले भने, ‘पछिल्लो पटक कीर्गिस्तानले भारतसँग ओलम्पिक छनोटमा खेलेको रहेछ । उनीहरूको अहिलेको फुटबल फरक छ । ६ वर्षमा राम्रो सुधार गरेको देखिन्छ ।’

प्रशिक्षक तामाङले कीर्गिस्तानविरूद्ध राम्रो योजना बनाएर खेल्ने र जितका लागि खेल्ने बताएका छन् । ‘उनीहरू बलियो बनेर आएको छ । योजना बनाएर खेल्नुपर्छ ।हाम्रो राम्रो स्ट्राइकरहरू छ । त्यसलाई राम्रोसँग खेल्नुपर्छ । कीर्गिस्तानको काउन्टर अट्याक राम्रो छ र बल पोसेसन पनि राम्रो छ त्यसमा हामीले ध्यान दिनुपर्छ । जित निकाल्छौं तर अलि कठिन हुन्छ’ उनले आइतबार प्रि-म्याच कन्फ्रेन्समा भनेका थिए ।






उता कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता राम्रो अवसर भएको बताए । ‘हाम्रो लागि फोर नेसन्स कपमा सहभागी हुनु राम्रो अवसर हो । हामी राम्रो फुटबल देखाउन चाहन्छौं । महत्वपूर्ण कुरा युनिटी र क्यारेक्टर हो’ उनले भने ।

यस्तै पहिलो खेलमा नेपालसँग खेल्नेबारे सोध्दा प्रशिक्षक जाकिरोभले यो ठूलो जिम्मेवारी भएको बताए । ‘नेपालसँग पहिलो खेल नै खेल्नु हाम्रो लागि ठूलो जिम्मेवारी हुनेछ । हामी स्टेडियमभरी दर्शकको अपेक्षा राख्दछौं ।’

यस्तै कीर्गिज कप्तान अबिबुल्ला किजी दिलनुराले आफ्नो टिम राम्रो रहेको र ट्रफी जित्नै आएको बताइन् । त्यसो नभए पनि नयाँ टिमहरूसँग राम्रो अनुभव लिन खेल्ने बताइन् । ‘हाम्रो टोली युवा छ । हामी यहाँ ट्रफी जित्न आएका हौं त्यो नभएपनि हामी नयाँ टिमसँग अनुभव बटुल्नेछौं’ उनले भनिन् ।

पछिल्लो पटक नेपाल र कीर्गिस्तान नाजेज्दा कपमा खेलेका थिए । त्यसमा खेलमा नेपालको फराकिलो जितमा सावित्रा भण्डारी साम्बाले चार गोल गरेकी थिइन् ।


कीर्गिस्तानविरूद्ध ६ वर्षअघि खेल्दा ४ गोल गरेकी साम्बा यस खेलमा भने नखेल्ने प्रशिक्षक तामाङले बताएका छन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा सोमबारै नेपाल आइपुग्ने छिन् र उनले पहिलो खेलमा आराम गर्ने भएकी हुन् ।

यस्तै ६ वर्षअघि कीर्गिस्तानविरूद्ध २ गोल गरेकी अनिता बस्नेत हाल पनि टिममा छिन् भने अन्य दुई गोलकर्ता निरु थापा र दिपा राईले राष्ट्रिय टिमबाट सन्यास लिइसकेका छन् ।

पछिल्लो पाँच खेलमा नेपालको प्रदर्शन ३ जित, १ बराबरी र १ हारको नतिजा छ । काठमाडौंमै भएको साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई समूह चरणमा हराएको थियो । भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । भुटानविरूद्ध बराबरीमा रोकिएको नेपाल साफको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।



कीर्गिस्तानले भने अन्तर्राष्ट्रिय फुटबलमा धेरे खेल खेलेको छैन । सन् २०२२ मा काफा वुमन्स च्याम्पियनसिपमा चार खेल खेलेको कीर्गिस्तानले २०२३ मा ओलम्पिक छनोटमा २ खेल खेलेको थियो ।

काफा वुमन्स च्याम्पियनसिपमा कीर्गिस्तानले ताजकिस्तानलाई पराजित गरेको थियो । तुर्कमिनेस्तानसँग बराबरी खेलेको कीर्गिस्तान इरान र उज्वेकिस्तानसँग पराजित भएको थियो । यस्तै २०२३ अप्रिलमा भएको ओलम्पिक छनोटमा कीर्गिस्तान भारतसँगको दुवै खेलमा पराजित भएको थियो ।

नेपालमा पहिलो पटक महिला फुटबलको चार राष्ट्र सम्मिलित प्रतियोगिता हुन लागेको हो । यसलाई महिला फुटबल अघि बढाउने राम्रो अवसरको रुपमा समेत लिन सकिन्छ । त्यसैले कीर्गिस्तान विरुद्ध पहिलो खेल खेल्दा नेपाल सुखद सुरूवात गर्ने लक्ष्यमा छ ।

भविष्यमा विश्वकप नै खेल्ने लक्ष्य राखेको नेपालको लागि त्यसको आधार यही प्रतियोगिताबाट हुन सक्छ । दक्षिण एसिया भन्दा बाहिरको टिमसँग धेरै खेल्न नपाउने नेपालका लागि पनि बाहिर टिमसँग घरेलु मैदानमै खेल्ने यो राम्रो अवसर हो । यसबाट आगामी दिनमा महिला फुटबललाई कसरी अघि बढाउने भन्ने योजना बन्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...