मुख्य समाचार
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने

— रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनमा साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएका हुन् ।



वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने सीबीएस न्युजले जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले वार्तामा वासिङ्टन, मस्को र किभ सहभागी हुने बताएका छन् । उनले आफु पनि वार्तामा उपस्थित नहुने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि किभलाई निमन्त्रणा नगरिएको बताएका छन् । युक्रेनले कुनै प्रतिनिधिमण्डल पठाउने योजना नबनाएको उनको भनाइ छ । युरोपेली नेताहरूले युरोपसँग परामर्श नगरी अमेरिका रुससँगको शान्ति वार्तामा अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका छन् ।

युक्रेनका युरोपेली सहयोगीहरूले युद्धमा आपत्‍कालीन शिखर सम्मेलनका लागि अर्को साता फ्रान्सको पेरिसमा भेला हुँदैछन् । वार्तामा युरोपलाई निम्तो नदिएको केलोगको भनाइ छ । यसअघिका वार्तामा धेरै पक्षहरू संलग्न भएकाले टुंगोमा पुग्न नसकेको उनको दाबी छ ।

अमेरिकी विदेशमन्त्री रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेका थिए । विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसका अनुसार लाभरोभसँगको कुराकानीमा रुबियोले 'युक्रेनमा द्वन्द्व अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धता' दोहोर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...