मुख्य समाचार
हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता
हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता

: रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ।


गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए। निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।

औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता शुक्रबार भएको हो। अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ।


मन्त्री पौडेलले राज्य कोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका थिए। नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन्। तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ। २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ।

संघीय अस्पतालहरू सिभिल, वीर तथा कान्तिसँगै देशैभरका प्रादेशिक गरी १२ अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। यसका लागि ती अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट ...
: पर्सा वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ ६:३० बजे आदर्शनगरमा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको ...
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...