मुख्य समाचार
अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार
अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार

। अमेरिकाले भारतलाई एफ-३५ नामको लडाकु विमान दिने समाचार अहिले चर्चामा छ । यो पाँचौं पुस्ता (फिफ्थ जेनेरेसन) को अत्याधुनिक लडाकु विमान हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार भएको छ ।




यो विमानको निर्माण सन् २००६ देखि लकहिड मार्टिनले सुरु गरेका थिए । सन् २०१५ देखि यो लडाकु विमान अमेरिकी सेनाको महत्वपूर्ण अस्त्र बनेको छ ।

एफ-३५ लाइटनिङ सेकेन्ड नामको लडाकु विमान आफ्ना केही विशेषताका कारण अत्यधिक शक्तिशाली लडाकु विमानको रूपमा परिचित छ । यो उन्नत स्टिल्थ (रडारमा नदेखिने) प्रविधि भएको पाँचौं पुस्ताको अत्याधिक प्रयोगमा आएको लडाकु विमान हो।




१. महंगो लडाकु विमान

समाचार संस्थाहरूका अनुसार अमेरिकी रक्षा विभाग, पेन्टागनको इतिहासमा सबैभन्दा महँगो विमान यही एफ-३५ हो। अमेरिका एउटा एफ-३५ लडाकु विमान निर्माणमा करिब ८२.५ मिलियन डलर खर्च गर्छ ।

उक्त विमान हवाई युद्ध, जमिनमा आक्रमण र गुप्तचर मिसनहरूका लागि माहिर मानिन्छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई उक्त लडाकु विमान दिन तयार भएका हुन् ।

२. युद्धमा निर्णायक

अमेरिका, नेटो र अन्य सहयोगी राष्ट्रहरूको लागि युद्धमा गेम चेन्जर साबित भएको एफ-३५ ले अब भारतीय वायु सेनाको शक्ति बढाउने काम गर्नेछ।

३. लगभग अदृश्य, शत्रुलाई छक्याउने

यो विमान साना र मध्यम दूरीका मिसाइलहरू बोक्न सक्छ र यसको सबैभन्दा ठूलो विशेषता भनेको शत्रुको रडारले यसलाई पत्ता लगाउन नसक्नु हो। लगभग अदृश्य रहने भएकाले यो शत्रुको सुरक्षित क्षेत्रमा सजिलै प्रवेश गर्न सक्छ।

४. सजिलै टेकअफ

यो विमान साधारण लडाकु विमान जस्तै सामान्य टेकअफ र अवतरण गर्न सक्छ । यही समूहमा पर्ने विमान छोटो दूरीमा टेकअफ र ठाडो अवतरण गर्न पनि सक्षम हुन्छ । यसले एयरक्राफ्ट क्यारियरबाट पनि टेकअफ गर्न सक्छ ।

५. सुपरसोनिक गति

एफ-३५ विमान साधारणभन्दा धेरै छिटो अर्थात् सुपरसोनिक गतिमा उड्न सक्छ। यो मल्टी-रोल लडाकु विमानले आकाशमै रहेका र जमिनमा रहेका शत्रुलाई आक्रमण गर्न सक्छ। तीव्र गतिका कारण यसले शत्रुलाई पराजित गरेर केही सेकेन्डमै सुरक्षित रुपमा फर्कन सक्छ।

६. अत्याधुनिक सेन्सर

यसमा उच्च प्रविधियुक्त सेन्सरहरू जडान गरिएका छन्, जसले पाइलटसँग तीव्र गतिमा डाटा आदानप्रदान गर्छ। फ्युजन रडार, इलेक्ट्रो-अप्टिकल र इन्फ्रारेड सेन्सरहरू जडान गरिएको यो विमानले तीव्र गतिमा डाटा सङ्कलन गरी पाइलटलाई खतराबाट सतर्क गराउँछ। एफ-३५ को अधिकतम गति म्याक १.६ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...