मुख्य समाचार
अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार
अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार

। अमेरिकाले भारतलाई एफ-३५ नामको लडाकु विमान दिने समाचार अहिले चर्चामा छ । यो पाँचौं पुस्ता (फिफ्थ जेनेरेसन) को अत्याधुनिक लडाकु विमान हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार भएको छ ।




यो विमानको निर्माण सन् २००६ देखि लकहिड मार्टिनले सुरु गरेका थिए । सन् २०१५ देखि यो लडाकु विमान अमेरिकी सेनाको महत्वपूर्ण अस्त्र बनेको छ ।

एफ-३५ लाइटनिङ सेकेन्ड नामको लडाकु विमान आफ्ना केही विशेषताका कारण अत्यधिक शक्तिशाली लडाकु विमानको रूपमा परिचित छ । यो उन्नत स्टिल्थ (रडारमा नदेखिने) प्रविधि भएको पाँचौं पुस्ताको अत्याधिक प्रयोगमा आएको लडाकु विमान हो।




१. महंगो लडाकु विमान

समाचार संस्थाहरूका अनुसार अमेरिकी रक्षा विभाग, पेन्टागनको इतिहासमा सबैभन्दा महँगो विमान यही एफ-३५ हो। अमेरिका एउटा एफ-३५ लडाकु विमान निर्माणमा करिब ८२.५ मिलियन डलर खर्च गर्छ ।

उक्त विमान हवाई युद्ध, जमिनमा आक्रमण र गुप्तचर मिसनहरूका लागि माहिर मानिन्छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई उक्त लडाकु विमान दिन तयार भएका हुन् ।

२. युद्धमा निर्णायक

अमेरिका, नेटो र अन्य सहयोगी राष्ट्रहरूको लागि युद्धमा गेम चेन्जर साबित भएको एफ-३५ ले अब भारतीय वायु सेनाको शक्ति बढाउने काम गर्नेछ।

३. लगभग अदृश्य, शत्रुलाई छक्याउने

यो विमान साना र मध्यम दूरीका मिसाइलहरू बोक्न सक्छ र यसको सबैभन्दा ठूलो विशेषता भनेको शत्रुको रडारले यसलाई पत्ता लगाउन नसक्नु हो। लगभग अदृश्य रहने भएकाले यो शत्रुको सुरक्षित क्षेत्रमा सजिलै प्रवेश गर्न सक्छ।

४. सजिलै टेकअफ

यो विमान साधारण लडाकु विमान जस्तै सामान्य टेकअफ र अवतरण गर्न सक्छ । यही समूहमा पर्ने विमान छोटो दूरीमा टेकअफ र ठाडो अवतरण गर्न पनि सक्षम हुन्छ । यसले एयरक्राफ्ट क्यारियरबाट पनि टेकअफ गर्न सक्छ ।

५. सुपरसोनिक गति

एफ-३५ विमान साधारणभन्दा धेरै छिटो अर्थात् सुपरसोनिक गतिमा उड्न सक्छ। यो मल्टी-रोल लडाकु विमानले आकाशमै रहेका र जमिनमा रहेका शत्रुलाई आक्रमण गर्न सक्छ। तीव्र गतिका कारण यसले शत्रुलाई पराजित गरेर केही सेकेन्डमै सुरक्षित रुपमा फर्कन सक्छ।

६. अत्याधुनिक सेन्सर

यसमा उच्च प्रविधियुक्त सेन्सरहरू जडान गरिएका छन्, जसले पाइलटसँग तीव्र गतिमा डाटा आदानप्रदान गर्छ। फ्युजन रडार, इलेक्ट्रो-अप्टिकल र इन्फ्रारेड सेन्सरहरू जडान गरिएको यो विमानले तीव्र गतिमा डाटा सङ्कलन गरी पाइलटलाई खतराबाट सतर्क गराउँछ। एफ-३५ को अधिकतम गति म्याक १.६ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...