मुख्य समाचार
ट्रम्प र मोदीबीच भेटवार्ता, लडाकु विमान खरिद गर्नेदेखि चीन-पाकिस्तान सीमा विवादसम्म चर्चा
ट्रम्प र मोदीबीच भेटवार्ता, लडाकु विमान खरिद गर्नेदेखि चीन-पाकिस्तान सीमा विवादसम्म चर्चा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। वासिङ्टनमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, चीन, पाकिस्तानबीचको सीमा विवाद, आतंकवादलगायतका विषयमा छलफल भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।


भेटवार्तापछि संयुक्त वक्तव्य जारी गर्दै अमेरिका-भारतले विश्वमा देखिएको आतंकवादविरुद्ध कडा प्रतिकार गर्ने बताएको छ। आतंकवादले विश्व नै प्रभावित भइरहेको भन्दै कुनै पनि देशले आतंकवादलाई प्रोत्साहन गर्न नहुने वक्तव्यमा भनिएको छ।

पाकिस्तानलाई पनि आफ्नो जमिनमा आतंकवादका लागि प्रयोगमा आउन नदिन चेतावनी दिइएको छ। दुवै देशले अल-कायदा, आइएसआइएस, जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबाजस्ता संगठनविरुद्ध बलियो भएर उत्रिनुपर्ने आवश्यकता औंल्याएको छ।



त्यस्तै ट्रम्प र मोदीबीच दुई देशबीच व्यापारका विषयमा पनि छलफल भयो। भारतको व्यापार घाटा कम गर्नका लागि अमेरिकाबाट एफ-३५ लडाकु विमानसहित तेल, ग्यास र सैन्य सामग्री खरिद गर्ने विषयमा पनि उनीहरूबीच सहमति भएको बीबीसीले जनाएको छ।

संयुक्त वक्तव्यमा यी विषय नसमेटिए पनि भारतीय विदेश सचिव विक्रम मिसरीले उक्त विषयको खुलासा गरेका हुन्। भारतमाथि लगाइने करका विषयमा पनि ट्रम्पले छलफल गरेका थिए। उनले अन्य मुलुकमा लगाउने अनुपातमै भारतमाथि पनि कर लगाउने जानकारी दिएको एजेन्सीहरूले बताएका छन्।

त्यस्तै मुम्बई आक्रमणका आरोपी भनिएका तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिका तयार भएको हो। अमेरिकी जेलमा रहेका उनलाई भारत ल्याउने प्रयास गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...