मुख्य समाचार
ओलम्पिक कमिटी विवाद समाधानको जिम्मा ओसीएलाई
ओलम्पिक कमिटी विवाद समाधानको जिम्मा ओसीएलाई

: नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभा, विधान संशोधन र निर्वाचनका विषयमा उठेको विवाद र त्यसको निराकरणका लागि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले पहल थाल्ने भएको छ।


शुक्रबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशक जेम्स म्याकलियोडले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीमा आवद्ध संघहरुलाई पत्र लेख्दै पछिल्लो समय देखिएको विवाद समाधानको पहल ओसीएले गर्ने जानकारी गराएको हो।

चीनको हार्बिनमा आयोजना भएको एसियन विन्टर गेम्सका अवसरमा ओसीएले नेपाल ओलम्पिक कमिटीमा पछिल्लो समय देखिएको विवादका विषयमा बैठक आयोजना गरेको थियो। आईओसी र ओसीएका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा भएको बैठकले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादका विषयमा छलफल गर्दै त्यसको जिम्मेवारी ओसीएलाई दिएको हो।



‘एनओसीको विवादका विषयमा ओसीएले सरोकारवाला सबै पक्षसँग सम्पर्क गर्नेछ र त्यसको जानकारी आईओसीलाई गराउने छ’, आईओसीको पत्रमा उल्लेख गरिएको छ।

आईओसी र ओसीएले गत माघ २३ मा पत्राचार गर्दै सधारणसभा र निर्वाचनको विवाद अदालतमा पुगेको र त्यसको अन्तिम निर्णयको नहुञ्जेलसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेको जनाएको थियो। एनओसीको साधारणसभा र निर्वाचनका विषयमा पछिल्लो समय विभन्न प्रश्नहरु उठेको जनाउँदै त्यसबारे आफूहरू सचेत रहेको उल्लेख गरेको थियो।

एनओसीको विधान संशोधन गैरकानुनी रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो। उच्च अदालतले पूर्व निर्धारित समयमा साधारणसभा नगर्न आदेश दिएको थियो। एनओसीले भने उच्च अदालतको आदेश समयमै नपाएको भन्दै साधारणसभा गरी विधान संशोधन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...