मुख्य समाचार
पाकिस्तानमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु
पाकिस्तानमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु

। दक्षिण पश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।




शुक्रबार मजदुरहरूको एक समूह हर्नाइ जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आईईडी विस्फोट’ भएको हुन सक्ने जानकारी दिएका छन् ।

‘हर्नाइ जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो,’ अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने । हर्नाइ दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।




एक वक्तव्यमा प्रधानमन्त्री शाहबाज सरिफले ‘देशबाट आतङ्कवादको खतरालाई उन्मूलन गर्न सक्रिय रूपमा काम गर्ने’ आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन । यद्यपि बलुच लिबरेसन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र प्रायः यो समूहले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू विरुद्ध घातक आक्रमण गर्दछ ।

बाहिरीहरूले पाकिस्तानको सबैभन्दा गरीब भागका बासिन्दाहरूलाई बाहिर राख्दै स्रोत–समृद्ध क्षेत्रको शोषण गरेको आरोप लगाउँदै समूहले विशेषगरी चीनबाट विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ ।

यस महिनाको सुरुमा बलुचिस्तानको एक सहरमा सैनिक बोकेको सवारी साधनमाथि सडक अवरुद्ध गरेका ७० देखि ८० आक्रमणकारीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानी सीमावर्ती क्षेत्रमा हिंसा

जनवरीमा भएको अर्को आक्रमणमा पाकिस्तानी अर्धसैनिक बलसहित कम्तीमा ६ जनाका मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । दुवै आक्रमणको दाबी बिएलएले गरेको थियो ।

विश्लेषकहरूका अनुसार गत वर्ष यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये एकमा बीएलए पृथकतावादी लडाकूहरूले जातीय पञ्जाबीहरूलाई लक्षित गरी ‘समन्वित’ आक्रमणहरूमा कम्तीमा ३९ जनाको हत्या गरेका थिए ।

सन् २०२१ मा काबुलमा अफगान तालिबान सत्तामा फर्केपछि पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा हिंसा बढेको छ । पाकिस्तानले तालिबान सरकारलाई अफगान भूमिबाट आक्रमण गर्ने आतङ्कवादीहरूलाई नष्ट गर्न असफल भएको आरोप लगाएको छ । उक्त आरोपलाई अफगानिस्तानले अस्वीकार गरेको छ ।

इस्लामावादस्थित विश्लेषण समूह सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष पाकिस्तानका लागि एक दशकमा सबैभन्दा घातक थियो । उक्त वर्ष प्रहरी वा सुरक्षा बलका ६ सय ८५ सदस्यसहित एक हजार पाँच सयभन्दा बढी मानिस मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...