मुख्य समाचार
नेपाल सुपर लिगको अक्सन फागुन १० गते
नेपाल सुपर लिगको अक्सन फागुन १० गते

। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको अक्सन मिति तय गरेको हो ।




एनएसएलको तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संस्करणमा सहभागि छैन ।

आयोजकले यस पटक फरक तरिकाले अक्सन गर्ने तयारी गरेको छ । अक्सनमा ए र बी क्याटेगोरीका खेलाडीहरु हुने आयोजकले जनाएको छ ।




यस्तै सी क्याटेगोरीका खेलाडीका पछि ड्राफ्ट हुनेछ । हरेक लेभलको खेलाडीका लागि अवसर प्रदान गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ ।

एनएसइएमका एमसी श्रेयांश कार्कीले यस पटकको अक्सन नयाँ र अनुभी खेलाडीका लागि राम्रो अवसर हुने बताएका छन् । यस्तै यस पटक देखि आयोजकले खेलाडी रिटेन्सन समेत लागु गर्ने भएको छ । हरेक टिमले फरक क्याटेगोरीबाट २-३ खेलाडी रिटेन गर्नेछन् ।

आयोजकका अनुसार हरेक टिममा २२/२३ खेलाडी हुनेछन् । त्यसको ब्रेक डाउन पनि गरिएको छ । जसमा एक जना मार्की खेलाडी हुनेछ । यस्तै क्याटेगोरी ए बाट १ रिटेन्सनसहित २-३ खेलाडी हुनेछ । क्याटेगोरी बी बाट ६ खेलाडी हुनेछन् । क्याटेगोरी सी बाट ४ तथा क्याटेगोरी डी बाट १ खेलाडी हुनेछ । यस्तै १ रुकी खेलाडी रहनेछ भने ६ जना विदेशी/आइकोनिक खेलाडी हुनेछन् । विदेशीमा १ खेलाडी एसियाबाटै हुनुपर्नेछ । यसैगरी विदेशमा रहेका नेपाली खेलाडिहरुलाई पनि अवसर प्रदान गर्न १ एनआरएन कवटा पनि राखिएको छ ।

एनएसइमएका एमडी कार्कीले अक्सनको मिति तय भएपछि अब सबै टिमले मार्की खेलाडी घोषणा र प्लेअर रिटेन्सन गर्ने बताए । ‘अकसनअघि नै सबै टिमहरुले खेलाडीहरु रिटेन्स गरिसक्नुपर्नेछ ।’ उनले भने । ‘अब केही दिनमै प्लेअर रिटेन्सन, मार्की खेलाडी घोषणा हुनेछ ।’

यस्तै टिमहरुले प्रशिक्षक पनि नियुक्त गरिसक्ने सम्भावना छ । अहिलेसम्म झापा एफसी, ललितपुर सिटी एफसी र एफसी चितवनले प्रशिक्षक घोषणा नै गरिसके । अब काठमाडै रेजर्स, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले मात्र प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ ।

तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ (चैत १६) बाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...