मुख्य समाचार
नेपाल सुपर लिगको अक्सन फागुन १० गते
नेपाल सुपर लिगको अक्सन फागुन १० गते

। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको अक्सन मिति तय गरेको हो ।




एनएसएलको तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संस्करणमा सहभागि छैन ।

आयोजकले यस पटक फरक तरिकाले अक्सन गर्ने तयारी गरेको छ । अक्सनमा ए र बी क्याटेगोरीका खेलाडीहरु हुने आयोजकले जनाएको छ ।




यस्तै सी क्याटेगोरीका खेलाडीका पछि ड्राफ्ट हुनेछ । हरेक लेभलको खेलाडीका लागि अवसर प्रदान गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ ।

एनएसइएमका एमसी श्रेयांश कार्कीले यस पटकको अक्सन नयाँ र अनुभी खेलाडीका लागि राम्रो अवसर हुने बताएका छन् । यस्तै यस पटक देखि आयोजकले खेलाडी रिटेन्सन समेत लागु गर्ने भएको छ । हरेक टिमले फरक क्याटेगोरीबाट २-३ खेलाडी रिटेन गर्नेछन् ।

आयोजकका अनुसार हरेक टिममा २२/२३ खेलाडी हुनेछन् । त्यसको ब्रेक डाउन पनि गरिएको छ । जसमा एक जना मार्की खेलाडी हुनेछ । यस्तै क्याटेगोरी ए बाट १ रिटेन्सनसहित २-३ खेलाडी हुनेछ । क्याटेगोरी बी बाट ६ खेलाडी हुनेछन् । क्याटेगोरी सी बाट ४ तथा क्याटेगोरी डी बाट १ खेलाडी हुनेछ । यस्तै १ रुकी खेलाडी रहनेछ भने ६ जना विदेशी/आइकोनिक खेलाडी हुनेछन् । विदेशीमा १ खेलाडी एसियाबाटै हुनुपर्नेछ । यसैगरी विदेशमा रहेका नेपाली खेलाडिहरुलाई पनि अवसर प्रदान गर्न १ एनआरएन कवटा पनि राखिएको छ ।

एनएसइमएका एमडी कार्कीले अक्सनको मिति तय भएपछि अब सबै टिमले मार्की खेलाडी घोषणा र प्लेअर रिटेन्सन गर्ने बताए । ‘अकसनअघि नै सबै टिमहरुले खेलाडीहरु रिटेन्स गरिसक्नुपर्नेछ ।’ उनले भने । ‘अब केही दिनमै प्लेअर रिटेन्सन, मार्की खेलाडी घोषणा हुनेछ ।’

यस्तै टिमहरुले प्रशिक्षक पनि नियुक्त गरिसक्ने सम्भावना छ । अहिलेसम्म झापा एफसी, ललितपुर सिटी एफसी र एफसी चितवनले प्रशिक्षक घोषणा नै गरिसके । अब काठमाडै रेजर्स, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले मात्र प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ ।

तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ (चैत १६) बाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...