मुख्य समाचार
‘इन्डियाज गट् लेटेन्ट’ विवादमा अदालत पुगे पडकास्टर रणवीर अलाहबादिया
‘इन्डियाज गट् लेटेन्ट’ विवादमा अदालत पुगे पडकास्टर रणवीर अलाहबादिया

। भारतीय युट्युबर तथा पडकास्टर रणवीर अलाहबादियाले आफूविरुद्ध दायर एफआईआर र अश्लिल टिप्पणीलाई चुनौती दिँदै त्यहाँको उच्च अदालतमा रिट दायर गरेका छन् ।

अलाहाबादियाका तर्फबाट अधिवक्ता अभिनव चन्द्रचुडले अदालतमा बहस गर्नेछन् । रिटलाई केही दिनमा दर्ता गर्ने जनाइएको छ । प्रधानन्यायाधीश सञ्जीव खन्ना र न्यायाधीश सञ्जय कुमारको इजलासले यो मुद्दामा सुनुवाइ गर्नेछ ।




वकिल चन्द्रचुडले चाँडै बहसको माग गरेका थिए किनभने असम प्रहरीले शुक्रबार उपस्थित हुन भन्दै पत्र काटेको थियो । यो पुरै मामिला युट्युब शो ‘इण्डियाज गट् लेटेन्ट’सँग जोडिएको छ ।

यसैबीच, स्ट्यान्ड-अप कमेडियन समय रैनालाई बिहीबार मुम्बई पुलिसपछि, असम प्रहरीले पनि उपस्थित हुन पत्र पठाएको छ । असम अपराध शाखाका दुई अधिकारी पुणेको बालेवाडीस्थित समय रैनाको घर पुगेका थिए ।




उनीहरूले आफूहरू रैनाविरुद्ध दर्ता भएको एफआइआरबारे कानुनी सूचना दिन गुवाहाटी आएको बताए । यसअघि असम प्रहरीले रणवीर अलाहाबादिया र आशिष चंचलानीलाई पनि नोटिस पठाएको थियो ।

असमका मुख्यमन्त्री हिम्मत विश्व शर्माले पनि आफ्नो राज्यमा एफआईआर दर्ता भएको बताएका छन् । विहीबार महाराष्ट्र साइबर सेलले युट्युबर रैनालाई दोस्रो पटक उपस्थित हुन भन्दै पत्र पठाएको थियो । साइबर सेलले समयलाई फागुन १७ गते सोमबार अनुसन्धान अधिकृत समक्ष हाजिर हुन भनेको छ ।

रैनाका वकिलले बुधबार रैना अहिले अमेरिकामा रहेको र मार्च १७ मा फर्किने बताएका थिए । बुधबार नै रैनाले आफ्नो शो ‘इन्डियाज गट् लेटेन्ट’लाई लिएर चलिरहेको विवादमा स्पष्टीकरण दिएका थिए । उनले इन्स्टाग्राममा आफ्नो शोका सबै भिडियो युट्युबबाट हटाएको दाबी गरेका थिए । उनले आफ्नो उद्देश्य जनतालाई हँसाउने मात्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...