मुख्य समाचार
‘इन्डियाज गट् लेटेन्ट’ विवादमा अदालत पुगे पडकास्टर रणवीर अलाहबादिया
‘इन्डियाज गट् लेटेन्ट’ विवादमा अदालत पुगे पडकास्टर रणवीर अलाहबादिया

। भारतीय युट्युबर तथा पडकास्टर रणवीर अलाहबादियाले आफूविरुद्ध दायर एफआईआर र अश्लिल टिप्पणीलाई चुनौती दिँदै त्यहाँको उच्च अदालतमा रिट दायर गरेका छन् ।

अलाहाबादियाका तर्फबाट अधिवक्ता अभिनव चन्द्रचुडले अदालतमा बहस गर्नेछन् । रिटलाई केही दिनमा दर्ता गर्ने जनाइएको छ । प्रधानन्यायाधीश सञ्जीव खन्ना र न्यायाधीश सञ्जय कुमारको इजलासले यो मुद्दामा सुनुवाइ गर्नेछ ।




वकिल चन्द्रचुडले चाँडै बहसको माग गरेका थिए किनभने असम प्रहरीले शुक्रबार उपस्थित हुन भन्दै पत्र काटेको थियो । यो पुरै मामिला युट्युब शो ‘इण्डियाज गट् लेटेन्ट’सँग जोडिएको छ ।

यसैबीच, स्ट्यान्ड-अप कमेडियन समय रैनालाई बिहीबार मुम्बई पुलिसपछि, असम प्रहरीले पनि उपस्थित हुन पत्र पठाएको छ । असम अपराध शाखाका दुई अधिकारी पुणेको बालेवाडीस्थित समय रैनाको घर पुगेका थिए ।




उनीहरूले आफूहरू रैनाविरुद्ध दर्ता भएको एफआइआरबारे कानुनी सूचना दिन गुवाहाटी आएको बताए । यसअघि असम प्रहरीले रणवीर अलाहाबादिया र आशिष चंचलानीलाई पनि नोटिस पठाएको थियो ।

असमका मुख्यमन्त्री हिम्मत विश्व शर्माले पनि आफ्नो राज्यमा एफआईआर दर्ता भएको बताएका छन् । विहीबार महाराष्ट्र साइबर सेलले युट्युबर रैनालाई दोस्रो पटक उपस्थित हुन भन्दै पत्र पठाएको थियो । साइबर सेलले समयलाई फागुन १७ गते सोमबार अनुसन्धान अधिकृत समक्ष हाजिर हुन भनेको छ ।

रैनाका वकिलले बुधबार रैना अहिले अमेरिकामा रहेको र मार्च १७ मा फर्किने बताएका थिए । बुधबार नै रैनाले आफ्नो शो ‘इन्डियाज गट् लेटेन्ट’लाई लिएर चलिरहेको विवादमा स्पष्टीकरण दिएका थिए । उनले इन्स्टाग्राममा आफ्नो शोका सबै भिडियो युट्युबबाट हटाएको दाबी गरेका थिए । उनले आफ्नो उद्देश्य जनतालाई हँसाउने मात्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...