मुख्य समाचार
थ्रीस्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
थ्रीस्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

— पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो ।


ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले १–१ गोल गरे । खेलको सुरुआतदेखि नै उज्वेक टोलीले थ्रीस्टारलाई दबाबमा राखेको थियो । खेलको २४ औं मिनेटमा ओलिमोभले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा असिलबेकले अर्का खेलाडी इस्लोमजोनको क्रसमा थ्रीस्टारका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । खेलको ६३ औं मिनेटमा सात्तोरोफले गोल गर्दै अग्रता फराकिलो बनाए । बक्स बाहिरबाट बल अगाडि बढाएका उनले थ्रीस्टारका तीन खेलाडीलाई छक्याउँदै पेनाल्टी बक्स भित्रबाट आकर्षक गोल गरे । थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाउने कुनै मौका पाएनन् । खेलको ८७ औं मिनेटमा साइदजामोलले अर्को गोल थप्दै थ्रीस्टारको सम्भावना समाप्त गरिदिए । खेलमा असिलबेक ओरिफजोनोभ प्लेयर अफ द म्याच भए ।


ब्ल्याक बुल्स आहा–रारामा क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । साविक उपविजेता थ्रीस्टार मछिन्द्रलाई हराएर सेमिफाइनल खेलेको हो । ब्ल्याक बुल्स र पुलिसबीच शनिबार फाइनल खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...