मुख्य समाचार
(डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता
(डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता

: बैधानिकरुपमा स्थायीरुपमा अमेरिका आप्रवासनको महत्वपूर्ण आधार विविधता आप्रवासी भिसा कार्यक्रम (डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता भएको छ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता माइक कोलिन्सले बिल दर्ता गरेका हुन् ।


जारी १ सय १९ औं युएस कंग्रेसमा हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले सुरक्षा र निष्पक्षता सम्वर्द्धन अमेरिका ऐन ( द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका २०२५ ) दर्ता गराएका हुन् । फेब्रुअरी १२ मा दर्ता गरिएको ऐनमा डाइभरसिटी भिसा खारेज गर्ने उल्लेख छ । अध्यागमन ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डीभी कार्यक्रममार्फत् करिब ५५ हजार प्रत्येक वर्ष अमेरिका आउने गरेका छन् ।

सन् १९९५ देखि नेपाल समेत डीभी कार्यक्रममा समावेश हुँदै आएको छ। नेपालबाट करिब ५७ हजार बढीले डीभी कार्यक्रमअन्तर्गत अमेरिकाको स्थायी बसोबासका लागि भिसा प्राप्त गरिसकेका सँगसँगै डीभीमा छनौट हुनेले परिवार समेत ल्याउन सक्ने प्रावधान रहेको छ । पछिल्लो तथ्याकं हेर्ने हो भने डीभी प्राप्त गर्ने नेपालीको संख्या अन्य देशहरूभन्दा माथि रहेको छ ।



हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्स विल दर्ता गरे लगत्तै उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विविधता भिसा कार्यक्रम अन्त्य गर्नका लागि दर्ता गरिएको बिलले चेन माइग्रेसन समेत अन्त्य गर्न सघाउ पुग्ने जनाएको छ । साथै ऐन कार्यन्वयनमा आए देशको सुरक्षाका लागि समेत सो ऐन प्रभावकारी हुने दावी गरिएको छ ।

कोलिन्सले ल्याएको बिललाई हाउसमा टेनिसी राज्यको पाचौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने एन्डी अगलेस, टेक्सस राज्यको २६ औं कंग्रेसनल जिल्लावाट प्रतिनिधित्व गर्ने ब्रान्डन गिल र फ्लोरिडा राज्यको आठौं कंग्रेसनल डिष्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने माइक हरिडोपोलोसले समर्थन गरिसकेका छन् ।

उनीहरू सबै रिपब्लिकन पार्टीका नेता हुन् । हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले नैं यसअघि चर्चित लेकेन रिले ऐन कंग्रेसमा दर्ता गराएका थिए । त्यो ऐन पारित भएसँगै अमेरिकाको होमल्याण्ड सेक्युरिटीले अवैध आप्रवासीहरूलाई थुनामा राखेर सोधपुछ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

कंग्रेसले २२ जनवरी २०२५ मा त्यसलाई पारित गरेको थियो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ जनवरी २०२५ मा विधेयकमा हस्ताक्षर गरेका थिए । अगस्टा विश्वविद्यालय जर्जियामा नर्सिङ विषय अध्ययन गरिरहेकी २२ वर्षीया रिलेको हत्या भएको थियो । उनको हत्यामा संलग्न एक भेनेज्युलियन रहेको र उनी अवैधरुपमा अमेरिका प्रवेश गरेको खुलेको थियो।

अहिले ४ सय ३५ सदस्यीय अमेरिकी कंग्रेसमा २ सय १८ जना रिपब्लिकन पार्टीबाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्स छन् भने २ सय १५ जना डेमोक्रेटिक पार्टीवाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्स छन्, बाँकी दुई पद भने रिक्त छ।

फ्लोरिडा राज्यका दुई कंग्रेसनल जिल्लाबाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्सले राजीनामा दिएपछि दुई पद रिक्त भएको हो । दुबै रिपब्लिकन पार्टीका नेताहरू हुन् । बिल सदस्य संख्याको बहुमतले पारित गर्नुपर्ने हुन्छ । अमेरिकाका सांसदहरूलाई पार्टी ह्वीप नलाग्ने भएकाले यसै हुन्छ भन्ने नसकिए पनि डीभी लोटरी कार्यक्रम अन्त्य गर्ने सवालमा रिपब्लिकन पार्टीका नेताबीच मतऐक्यता हुने देखिदै आएको छ । राष्ट्रपति ट्रम्प समेत डीभी लोटरी कार्यक्रमविरुद्ध खरो आलोचकको रुपमा उत्रिएका छन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले यस मुद्दालाई प्राथमिकता दिँदै आएका छन् । राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले भिसा लोटरी कार्यक्रम समाप्त पार्नुपर्ने र यसका लागि आफू लाग्ने बताएका थिए । तर उनको पहिलो कार्यकालमा अहिले जस्तो गरी रिपब्लिकनको बहुमत थिएन ।

अमेरिकाको माथिल्लो सदन १ सय सदस्यीय सिनेटमा समेत रिपब्लिकन पार्टीबाट निर्वाचित ५३ सिनेटर छन् भने डेमोक्रेटिक पार्टीबाट निर्वाचित ४५ जना रहेका छन् । २ जना स्वतन्त्रबाट उठेर निर्वाचित सिनेटर छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...