मुख्य समाचार
(डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता
(डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता

: बैधानिकरुपमा स्थायीरुपमा अमेरिका आप्रवासनको महत्वपूर्ण आधार विविधता आप्रवासी भिसा कार्यक्रम (डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता भएको छ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता माइक कोलिन्सले बिल दर्ता गरेका हुन् ।


जारी १ सय १९ औं युएस कंग्रेसमा हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले सुरक्षा र निष्पक्षता सम्वर्द्धन अमेरिका ऐन ( द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका २०२५ ) दर्ता गराएका हुन् । फेब्रुअरी १२ मा दर्ता गरिएको ऐनमा डाइभरसिटी भिसा खारेज गर्ने उल्लेख छ । अध्यागमन ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डीभी कार्यक्रममार्फत् करिब ५५ हजार प्रत्येक वर्ष अमेरिका आउने गरेका छन् ।

सन् १९९५ देखि नेपाल समेत डीभी कार्यक्रममा समावेश हुँदै आएको छ। नेपालबाट करिब ५७ हजार बढीले डीभी कार्यक्रमअन्तर्गत अमेरिकाको स्थायी बसोबासका लागि भिसा प्राप्त गरिसकेका सँगसँगै डीभीमा छनौट हुनेले परिवार समेत ल्याउन सक्ने प्रावधान रहेको छ । पछिल्लो तथ्याकं हेर्ने हो भने डीभी प्राप्त गर्ने नेपालीको संख्या अन्य देशहरूभन्दा माथि रहेको छ ।



हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्स विल दर्ता गरे लगत्तै उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विविधता भिसा कार्यक्रम अन्त्य गर्नका लागि दर्ता गरिएको बिलले चेन माइग्रेसन समेत अन्त्य गर्न सघाउ पुग्ने जनाएको छ । साथै ऐन कार्यन्वयनमा आए देशको सुरक्षाका लागि समेत सो ऐन प्रभावकारी हुने दावी गरिएको छ ।

कोलिन्सले ल्याएको बिललाई हाउसमा टेनिसी राज्यको पाचौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने एन्डी अगलेस, टेक्सस राज्यको २६ औं कंग्रेसनल जिल्लावाट प्रतिनिधित्व गर्ने ब्रान्डन गिल र फ्लोरिडा राज्यको आठौं कंग्रेसनल डिष्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने माइक हरिडोपोलोसले समर्थन गरिसकेका छन् ।

उनीहरू सबै रिपब्लिकन पार्टीका नेता हुन् । हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले नैं यसअघि चर्चित लेकेन रिले ऐन कंग्रेसमा दर्ता गराएका थिए । त्यो ऐन पारित भएसँगै अमेरिकाको होमल्याण्ड सेक्युरिटीले अवैध आप्रवासीहरूलाई थुनामा राखेर सोधपुछ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

कंग्रेसले २२ जनवरी २०२५ मा त्यसलाई पारित गरेको थियो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ जनवरी २०२५ मा विधेयकमा हस्ताक्षर गरेका थिए । अगस्टा विश्वविद्यालय जर्जियामा नर्सिङ विषय अध्ययन गरिरहेकी २२ वर्षीया रिलेको हत्या भएको थियो । उनको हत्यामा संलग्न एक भेनेज्युलियन रहेको र उनी अवैधरुपमा अमेरिका प्रवेश गरेको खुलेको थियो।

अहिले ४ सय ३५ सदस्यीय अमेरिकी कंग्रेसमा २ सय १८ जना रिपब्लिकन पार्टीबाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्स छन् भने २ सय १५ जना डेमोक्रेटिक पार्टीवाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्स छन्, बाँकी दुई पद भने रिक्त छ।

फ्लोरिडा राज्यका दुई कंग्रेसनल जिल्लाबाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्सले राजीनामा दिएपछि दुई पद रिक्त भएको हो । दुबै रिपब्लिकन पार्टीका नेताहरू हुन् । बिल सदस्य संख्याको बहुमतले पारित गर्नुपर्ने हुन्छ । अमेरिकाका सांसदहरूलाई पार्टी ह्वीप नलाग्ने भएकाले यसै हुन्छ भन्ने नसकिए पनि डीभी लोटरी कार्यक्रम अन्त्य गर्ने सवालमा रिपब्लिकन पार्टीका नेताबीच मतऐक्यता हुने देखिदै आएको छ । राष्ट्रपति ट्रम्प समेत डीभी लोटरी कार्यक्रमविरुद्ध खरो आलोचकको रुपमा उत्रिएका छन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले यस मुद्दालाई प्राथमिकता दिँदै आएका छन् । राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले भिसा लोटरी कार्यक्रम समाप्त पार्नुपर्ने र यसका लागि आफू लाग्ने बताएका थिए । तर उनको पहिलो कार्यकालमा अहिले जस्तो गरी रिपब्लिकनको बहुमत थिएन ।

अमेरिकाको माथिल्लो सदन १ सय सदस्यीय सिनेटमा समेत रिपब्लिकन पार्टीबाट निर्वाचित ५३ सिनेटर छन् भने डेमोक्रेटिक पार्टीबाट निर्वाचित ४५ जना रहेका छन् । २ जना स्वतन्त्रबाट उठेर निर्वाचित सिनेटर छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...