मुख्य समाचार
रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता
रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता

— रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानी लामो र निकै फलदायी भएको बताएका बीबीसीले जनाएको छ । वार्ताका क्रममा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमित जुटेको ट्रम्पले जनाएका छन् ।



कुराकानीका क्रममा दुवै राष्ट्रपतिले एकअर्कालाई आ-आफ्ना देशको भ्रमणका लागि निम्ता पनि दिएका छन् । दुई नेताहरूको टेलिफोन वार्ताबारे ट्रम्पको भनाइ सार्वजनिक भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँग दीर्घकालीन र भरपर्दो शान्ति स्थापनका विपषयमा कुराकानी भएको बताएका छन् ।

अमेरिकाले युक्रेन उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) मा आवद्ध हुने सम्भावना कम भएको बताइरेका बेला ट्रम्पले युद्धरत दुवै देशसँग कुराकानी गरेका हुन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार जर्मनीको म्युनिखमा हुने युक्रेनबारेको रक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्दैछन् ।

ट्रम्पले पुटिनसँगको भेटको मितिबारे केही उल्लेख नगरे पनि साउदी अरबमा भेट हुने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेन सन् २०१४ अघिजस्तै आफ्नो सीमामा फर्कने सम्भावना नभए पनि केही भूमि फिर्ता आउने बताएका छन् ।

ट्रम्पले भने, "मलाई लाग्छ त्यो सत्य हो।"रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सँगै काम गर्ने समय आएको ट्रम्पको विचारलाई पुटिनले समर्थन गरेको बताएका छन् । कुराकानीका क्रममा रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि निमन्त्रणा गरेका पेस्कोभले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...