मुख्य समाचार
रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता
रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता

— रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानी लामो र निकै फलदायी भएको बताएका बीबीसीले जनाएको छ । वार्ताका क्रममा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमित जुटेको ट्रम्पले जनाएका छन् ।



कुराकानीका क्रममा दुवै राष्ट्रपतिले एकअर्कालाई आ-आफ्ना देशको भ्रमणका लागि निम्ता पनि दिएका छन् । दुई नेताहरूको टेलिफोन वार्ताबारे ट्रम्पको भनाइ सार्वजनिक भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँग दीर्घकालीन र भरपर्दो शान्ति स्थापनका विपषयमा कुराकानी भएको बताएका छन् ।

अमेरिकाले युक्रेन उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) मा आवद्ध हुने सम्भावना कम भएको बताइरेका बेला ट्रम्पले युद्धरत दुवै देशसँग कुराकानी गरेका हुन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार जर्मनीको म्युनिखमा हुने युक्रेनबारेको रक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्दैछन् ।

ट्रम्पले पुटिनसँगको भेटको मितिबारे केही उल्लेख नगरे पनि साउदी अरबमा भेट हुने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेन सन् २०१४ अघिजस्तै आफ्नो सीमामा फर्कने सम्भावना नभए पनि केही भूमि फिर्ता आउने बताएका छन् ।

ट्रम्पले भने, "मलाई लाग्छ त्यो सत्य हो।"रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सँगै काम गर्ने समय आएको ट्रम्पको विचारलाई पुटिनले समर्थन गरेको बताएका छन् । कुराकानीका क्रममा रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि निमन्त्रणा गरेका पेस्कोभले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...