मुख्य समाचार
अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कने
अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कने

: अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कनेछन्। नासाले उनीहरूलाई मार्चको मध्यमा फिर्ता ल्याइने जनाएको छ। दुबै अन्तरिक्ष यात्री विगत ८ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका छन्।


यसअघि उनीहरुलाई फिर्ता ल्याउने समयसीमा मार्चको अन्त्य वा अप्रिलको लागि तोकिएको थियो। उनीहरूलाई स्पेसएक्स क्याप्सुलमा फिर्ता ल्याइने जनाइएको छ।

सुनिता विलियम्स गत वर्ष जुन ५ मा बुच विल्मोरसँगै आइएसएस पुगेकी थिइन्। उनी एक हप्ता पछि फर्कनु पर्ने थियो। उनीहरू दुवै जना बोइङको नयाँ स्टारलाइनर क्याप्सुलको परीक्षण गर्न गएका थिए। तर त्यसमा खराबी आएपछि उनीहरू आइएसएसमै फसे।



यसअघि नासाले एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान मार्फत फेब्रुअरी २०२५ मा सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने जानकारी दिएको थियो। तर उक्त समयमा उनीहरूलाई ल्याइएन।

ट्रम्पले मस्कलाई दिए फिर्ता ल्याउने जिम्मेवारी

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेसएक्सका सीईओ एलोन मस्कलाई अन्तरिक्षमा फसेका सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोरलाई फिर्ता ल्याउने जिम्मेवारी दिएका छन्। दुवै वैज्ञानिक गत वर्षको जुनदेखि अन्तरिक्षमा अलपत्र छन्।

ट्रम्पले गत महिना सामाजिक सञ्जालमा लेखेका थिए, 'मैले मस्कलाई ती दुई 'बहादुर अन्तरिक्ष यात्री' लाई फिर्ता ल्याउन आग्रह गरेको छु। उनीहरुलाई बाइडेन प्रशासनले अन्तरिक्षमा छोडेको हो। उनीहरू धेरै महिनादेखि अन्तरिक्ष स्टेशनमा उद्धारको पर्खाइमा छन्। मस्कले चाँडै नै यसमा काम सुरु गर्नेछन्।'

मस्कले उनीहरुलाई फिर्ता ल्याउने जनाएका छन्। बाइडेन प्रशासनले उनीहरूलाई यति लामो समयसम्म त्यहीँ छोड्नु भयानक भएको मस्कको भनाइ छ।

सुनिता र बुश विल्मोर बोइङ र नासाको संयुक्त 'क्रू फ्लाइट टेस्ट मिसन' मा गएका थिए। सुनिता अन्तरिक्षयानको पाइलट थिइन्। उनीसँगै गएका बुश विल्मोर यस मिसनका कमाण्डर थिए। उनीहरू दुवै जना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा ८ दिन बसेपछि पृथ्वीमा फर्कने कार्यक्रम थियो।

प्रक्षेपणको समयमा बोइङ डिफेन्स, स्पेस एण्ड सेक्युरिटीका अध्यक्ष तथा सीईओ टेड कोल्बर्टले यसलाई अन्तरिक्ष अनुसन्धानको नयाँ युगको लागि एक उत्कृष्ट सुरुवात भएको बताएका थिए। यस मिसनको मुख्य उद्देश्य अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा लैजाने र फर्कने अन्तरिक्ष यानको क्षमता प्रमाणित गर्नु रहेको उनले जनाएका थिए।

अन्तरिक्ष स्टेशनमा ८ दिन बिताउँदा अन्तरिक्ष यात्रीहरूले अनुसन्धान र धेरै प्रयोगहरू पनि गर्नुपरेको थियो। सुनिता र विल्मोर एटलस-भी रकेट मार्फत अन्तरिक्ष यात्रामा पठाइने पहिलो अन्तरिक्ष यात्री हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...