मुख्य समाचार
हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भंग हुन्छ : नेतान्याहु
हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भंग हुन्छ : नेतान्याहु

— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार दिउँसोसम्म इजरायली बन्धकलाई रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिएका छन् ।


इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको स्वागत गर्दै हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य हुने र इजरायली फौजले हमास पराजित नभएसम्म कडा लडाइँ सुरू गर्ने बताएका बीबीसीले जनाएको छ ।


'यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने युद्धविराम समाप्त हुन्छ र इजरायल रक्षा बल (आइडीएफ) ले कारबाही सुरू गर्नेछ,' नेतान्याहुले भने । यसअघि राष्ट्रपति ट्रम्पले शनिबार दिउसो १२ बजेसम्म हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने चेतावनी दिएका थिए ।

हमासले सम्झौता उल्लंघन गर्ने र हाम्रा बन्धकलाई रिहा नगर्ने निर्णय गरेसँगै गाजापट्टी र वरपरका क्षेत्रमा आइडीएफ परिचालनका लागि निर्देशन दिएको उनको भनाइ छ । 'यो कार्य अहिले भइरहेको छ र छिट्टै सम्पन्न हुनेछ,' नेतान्याहुले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...