मुख्य समाचार
बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ
बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ

— बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका विषयमा हुने कुनै पनि वार्तामा युक्रेनी पक्षको संलग्नता अनिवार्य भएको बताएका हुन् ।



'युक्रेनविना युक्रेनको विषयमा कुनै वार्ता हुन सक्दैन,' उनले भने । अमेरिका र रुसका राष्ट्रपतिबीच युक्रेन युद्ध अन्त्य गर्न विषयमा टेलिफोन कुराकानी भएको सार्वजनिक भएसँगै हेलीको प्रतिक्रया सार्वजनिक भएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षीसँगको वार्ता निकै फलदायी भएको र युक्रेन युद्ध अन्त्य गर्न तत्काल वार्ता सुरू गर्ने सहमित जुटेको बताएका थिए ।

ट्रम्पको भनाइको जवाफ दिँदै हेलीले भनेका छन्, 'नेटोको काम कुनै पनि वार्ताका लागि युक्रेनलाई सबैभन्दा बलियो स्थितिमा राख्नु हो ।' नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा हुने उनको भनाइ छ ।

'हामी दिगो शान्ति चाहन्छौं । द्वन्द्व र आक्रामकतामा फर्किन चाहँदैनौं,' उनले भनेका छन्, 'यो पनि नबिर्सौं कि रूस युक्रेनभन्दा बाहिर पनि खतरा छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...