मुख्य समाचार
मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा
मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा

— नेपाल विद्युत् प्राधिकरणकाे भूमिगत लाइन विस्तारका क्रममा बुधबार मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा बगेको छ ।


काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी बाहिर निस्केपछि बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो ।


मेलम्चीबाट अहिले काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक पौडेलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किमि पाइप लाइनमा रहेको सवै पानी बबरमहल क्षेत्रमा बगेको थियो । करिव २४ देखि ३० लाख लिटर पानी खेर गएको पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले पानी बन्द गरिएको छ भने भोलि बेलुकीसम्म क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी गरिएको छ । प्राधिकरणले ठेक्कामार्फत काम गर्ने क्रममा तार विछ्याउने जमिन खन्ने क्रममा मेशिनले पाइप भेटेपछि पानी बाहिर निस्केको थियो । ग्रील गर्ने क्रममा २० इन्चको पाइपमा मेशिन अड्केको थियो ।

पानीले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...