मुख्य समाचार
मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा
मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा

— नेपाल विद्युत् प्राधिकरणकाे भूमिगत लाइन विस्तारका क्रममा बुधबार मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा बगेको छ ।


काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी बाहिर निस्केपछि बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो ।


मेलम्चीबाट अहिले काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक पौडेलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किमि पाइप लाइनमा रहेको सवै पानी बबरमहल क्षेत्रमा बगेको थियो । करिव २४ देखि ३० लाख लिटर पानी खेर गएको पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले पानी बन्द गरिएको छ भने भोलि बेलुकीसम्म क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी गरिएको छ । प्राधिकरणले ठेक्कामार्फत काम गर्ने क्रममा तार विछ्याउने जमिन खन्ने क्रममा मेशिनले पाइप भेटेपछि पानी बाहिर निस्केको थियो । ग्रील गर्ने क्रममा २० इन्चको पाइपमा मेशिन अड्केको थियो ।

पानीले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु