मुख्य समाचार
विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा

— विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिस २४ औं संस्करणको फाइनल पुग्यो ।


प्रतियोगिताकै २ सय ५० औं खेलमा सञ्जीव लामाले निर्णायक गोल गर्दा छपल्टको च्याम्पियन पुलिसले उत्सव मनायो । उनले ५८ औं मिनेटमा गोल गर्दै लिएको अग्रता पुलिसले अन्तिमसम्म कायम राख्यो ।


चर्च ब्वाइजका राज भुसालले क्लियर गरेको बल नियन्त्रणमा लिँदै सन्जिवले २५ यार्डबाट गरेको भली प्रहारलाई गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाउन सकेनन् । त्यही उत्कृष्ट गोल नै निर्णायक बन्दा पुलिस उपाधि यात्रामा अगाडि बढेको हो । सन्जिव प्लेयर अफ द म्याच चुनिए ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल अवसर बनाउन सकेनन् । नवौं मिनेटमा चर्च ब्वाइजका नवीन लामाको फ्रिकिकमा रोहन कार्कीको हेडर आफ्नै खेलाडीसँग ठोक्किँदै बाहिरियो । खेलको २१ औं मिनेटमा पुलिसका उज्ज्वल राईको फ्रिकिक विपक्षीको पोस्टमा पुगे पनि गोलरक्षक टिकेन्द्रले बचाए ।

दोस्रो हाफमा १–० ले पछि परेको अवस्थामा इन्ज्युरी समयमा चर्च ब्वाइजले कर्नर पायो । गोलरक्षक टिकेन्द्र पनि अन्तिम प्रयास गर्न विपक्षीको पोस्टमा पुगे । रोहनको कर्नर उनले भेटे । बक्सबाट उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा बराबरी बनाउने अवसर गुम्यो ।

कीर्तिमानी ११ औं पटक फाइनल प्रवेश गर्दा पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई पराजित गर्दै सेमिफाइनल तय गरेको थियो । चर्च ब्वाइजले प्रि–क्वाटरमा एनआरटी र क्वाटरफाइनलमा साबिक विजेता त्रिभुवन आर्मीलाई हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । गत वर्ष क्वाटरफाइनलमा चर्च ब्वाइजलाई १–० ले पुलिसलाई हराएको थियो । प्रतियोगिताको २२ औं संस्करणमा पनि चर्च ब्वाइजले प्रि–क्वाटरफाइनलमा पुलिसलाई २–१ ले पराजित गरेको थियो ।

प्रतियोगितामा यो पुलिसको ५० औं खेल थियो । हालसम्म मनाङ मर्स्याङ्दीले सर्वाधिक ५२ खेल खेलेको छ । यसपल्ट भने मनाङ सहभागी छैन । २०५८ मा क्याराभान गोल्डकप हुँदा उपाधि जितेको पुलिसले पछि त्यही प्रतियोगिता आहा गोल्डकपको नामबाट हुन थालेपछि ह्याट्रिकसहित छपल्ट उपाधि जितेको छ । पुलिसले २४ मध्ये ०६३ मा बाहेक सबै वर्ष प्रतियोगितामा भाग लिएको छ ।



बिहीबार उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र थ्रीस्टारबीच दोस्रो सेमिफाइनल हुनेछ । प्रतियोगितामा पुलिस र मनाङले ६–६ पल्ट र थ्रीस्टारले ५ पल्ट उपाधि जितेको छ । ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई क्वाटरफाइनलमा पराजित गरेको थियो । थ्रीस्टारले मछिन्द्रलाई हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...