मुख्य समाचार
विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा

— विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिस २४ औं संस्करणको फाइनल पुग्यो ।


प्रतियोगिताकै २ सय ५० औं खेलमा सञ्जीव लामाले निर्णायक गोल गर्दा छपल्टको च्याम्पियन पुलिसले उत्सव मनायो । उनले ५८ औं मिनेटमा गोल गर्दै लिएको अग्रता पुलिसले अन्तिमसम्म कायम राख्यो ।


चर्च ब्वाइजका राज भुसालले क्लियर गरेको बल नियन्त्रणमा लिँदै सन्जिवले २५ यार्डबाट गरेको भली प्रहारलाई गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाउन सकेनन् । त्यही उत्कृष्ट गोल नै निर्णायक बन्दा पुलिस उपाधि यात्रामा अगाडि बढेको हो । सन्जिव प्लेयर अफ द म्याच चुनिए ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल अवसर बनाउन सकेनन् । नवौं मिनेटमा चर्च ब्वाइजका नवीन लामाको फ्रिकिकमा रोहन कार्कीको हेडर आफ्नै खेलाडीसँग ठोक्किँदै बाहिरियो । खेलको २१ औं मिनेटमा पुलिसका उज्ज्वल राईको फ्रिकिक विपक्षीको पोस्टमा पुगे पनि गोलरक्षक टिकेन्द्रले बचाए ।

दोस्रो हाफमा १–० ले पछि परेको अवस्थामा इन्ज्युरी समयमा चर्च ब्वाइजले कर्नर पायो । गोलरक्षक टिकेन्द्र पनि अन्तिम प्रयास गर्न विपक्षीको पोस्टमा पुगे । रोहनको कर्नर उनले भेटे । बक्सबाट उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा बराबरी बनाउने अवसर गुम्यो ।

कीर्तिमानी ११ औं पटक फाइनल प्रवेश गर्दा पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई पराजित गर्दै सेमिफाइनल तय गरेको थियो । चर्च ब्वाइजले प्रि–क्वाटरमा एनआरटी र क्वाटरफाइनलमा साबिक विजेता त्रिभुवन आर्मीलाई हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । गत वर्ष क्वाटरफाइनलमा चर्च ब्वाइजलाई १–० ले पुलिसलाई हराएको थियो । प्रतियोगिताको २२ औं संस्करणमा पनि चर्च ब्वाइजले प्रि–क्वाटरफाइनलमा पुलिसलाई २–१ ले पराजित गरेको थियो ।

प्रतियोगितामा यो पुलिसको ५० औं खेल थियो । हालसम्म मनाङ मर्स्याङ्दीले सर्वाधिक ५२ खेल खेलेको छ । यसपल्ट भने मनाङ सहभागी छैन । २०५८ मा क्याराभान गोल्डकप हुँदा उपाधि जितेको पुलिसले पछि त्यही प्रतियोगिता आहा गोल्डकपको नामबाट हुन थालेपछि ह्याट्रिकसहित छपल्ट उपाधि जितेको छ । पुलिसले २४ मध्ये ०६३ मा बाहेक सबै वर्ष प्रतियोगितामा भाग लिएको छ ।



बिहीबार उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र थ्रीस्टारबीच दोस्रो सेमिफाइनल हुनेछ । प्रतियोगितामा पुलिस र मनाङले ६–६ पल्ट र थ्रीस्टारले ५ पल्ट उपाधि जितेको छ । ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई क्वाटरफाइनलमा पराजित गरेको थियो । थ्रीस्टारले मछिन्द्रलाई हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...