मुख्य समाचार
गाजामा फेरि युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्री नेतन्याहुको चेतावनी
गाजामा फेरि युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्री नेतन्याहुको चेतावनी

इजरायली बन्धकहरूको रिहाइ रोक्ने हमासले घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका थिए। अहिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि हमासलाई धम्की युद्ध सुरु गर्ने धम्की दिएका छन्।


नेतन्याहुले भने, 'यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने हामी गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्नेछौं।'

नेतन्याहुले इजरायली सेनालाई गाजा र वरपर भेला हुन आदेश दिएका छन्। बन्धकहरूको रिहाइ रोक्ने हमासको घोषणापछि उनले यो कदम चालेका बीबीसी समाचारमा उल्लेख छ।



नेतन्याहुले शनिबारसम्ममा बाँकी रहेका सबै ७६ बन्धकहरूको रिहाइ मागिरहेका हुन् कि शनिबार छाड्ने भनिएको तीन जनाको रिहाइको बारेमा मात्र कुरा गरिरहेका छन् भन्ने कुरा स्पष्ट पारेनन्। तर उनका एक मन्त्रीले भने सबैजनाको रिहाइको कुरा गरेको जनाएका छन्।

हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेकोले बन्धकहरूको रिहाइ रोकिएको जनाएको थियो। यो आरोप भने इजरायलले अस्वीकार गरेको छ।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि हमासले बन्धक बनाइएका सबै नागरिकहरूलाई रिहा नगरे इजरायलले उसँगको युद्धविराम सम्झौता रद्द गर्ने चेतावनी दिएका थिए।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो। हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...