मुख्य समाचार
ट्रम्पको चेतावनीपछि हमासले दियो यस्तो प्रतिक्रिया
ट्रम्पको चेतावनीपछि हमासले दियो यस्तो प्रतिक्रिया

: हमासले इजरायलसँग युद्ध विराम गर्ने सम्झौता भए पनि दुवै पक्षको सम्मान हुन नसकेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासका प्रवक्ता सामी अबु जुहरीले दुवै पक्षको सम्मान हुन नसकेको बताएका हुन्। उनले इजरायली बन्धकलाई रिहाइ गरिए पनि सो पक्षले सम्झौता उल्लंघन गरेको आरोप लगाएका हुन्।


उनले ट्रम्पको धम्कीको कुनै महत्त्व नरहेको बताए। 'धम्कीको भाषाको कुनै महत्त्व हुँदैन। धम्कीले समाधान भन्दा पनि समस्या निम्त्याउने गर्छ,' रोयटर्ससँग उनले भनेका छन्।

ट्रम्पले हमासले बन्धक बनाएका इजरायलीहरूको रिहाइ नगरिए युद्ध सुरू गर्ने चेतावी दिएका थिए। उनले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा नगरे युद्धविरामको सम्झौता पनि रद्द गर्ने बताएका थिए। ट्रम्पले सबै बन्धकहरूलाई एकैपटकमा रिहा गरिनुपर्ने सर्त राखेका छन्।



यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने जनाएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ। इसरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेकाले रिहाइ रोक्नुपरेको हमासले जनाएको छ।

गत जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको थियो। यसबीचमा हमासले १६ इजरायली र ५ थाइ बन्धकलाई रिहा गरेको थियो भने इसरायलले ५६६ प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...