मुख्य समाचार
यू-१९ विश्‍वकप छनोटका लागि दोस्रो चरणको क्याम्प घोषणा
यू-१९ विश्‍वकप छनोटका लागि दोस्रो चरणको क्याम्प घोषणा

। आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ ।

प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो ।




माघ १५ देखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ३६ खेलाडीहरूलाई तीन टोलीमा विभाजन गरेर युथ कपको आयोजना भएको थियो ।

उक्त युथ कपमा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा २४ खेलाडीहरूलाई दोस्रो चरणको क्याम्पमा समावेश गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।




‘यो युथ कपबाट धेरैभन्दा धेरै प्रतिभाहरूले मौका पाएका थिए, त्यहीँ गरेको प्रदर्शनका आधारमा दोस्रो फेजका लागि क्याम्प बोलाइएको छ’ लामाले भने ।

क्याम्पको आयोजनाले खेलाडीहरूको प्रतिभा जान्ने अवसर मिलेको बताउँदै प्रवक्ता लामाले उत्कृष्ट टोली बनाउनका लागि क्याम्पले धेरै सहयोग पुग्ने बताए ।

दोस्रो चरणमा छनोट गरिएका यू-१९ पुरूष खेलाडीहरूमा अभिषेक तिवारी, दिलसाद अलि, सोहेल कुँवर, नरेन भट्ट, सुर्यान्सु कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरज कुमार यादव, दीपक सेरला, युवराज खत्री, रुहुल हक, विपिन प्रसाद शर्मा, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, सुदिप अर्याल, दर्श सोनार, अमर मिश्र, नितिस पटेल छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...