मुख्य समाचार
लक्ष्य अनुसार राजस्व नउठेपछि अर्थले काट्यो तल्ला सरकारमा जाने अनुदान
लक्ष्य अनुसार राजस्व नउठेपछि अर्थले काट्यो तल्ला सरकारमा जाने अनुदान

। चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) सम्म सरकारले लक्ष्यको ८४.३३ प्रतिशतमात्र राजस्व उठेपछि अर्थ मन्त्रालयले तल्ला सरकारमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ ।

मन्त्रालयले २३ माघमा महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेख्दै राजस्व लक्ष्यको अनुपातमा अनुदान हस्तान्तरण गर्न पत्र लेखेको थियो ।


सोही अनुसार प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ताबापत विनियोजित रकमको १३.२४ प्रतिशतले हुन आउने रकम हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयले सोमबार सूचित गरेको हो ।


यसरी बजेट तल्ला सरकारमा पठाउँदा कुल वार्षिक विनियोजित बजेटको ६३.२४ प्रतिशतमात्र हुने कार्यालयले जनाएको छ । सोमबार र मंगलबार सबै कोष लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेख्दै कटौती गर्न महालेखाले भनेको छ ।

वित्तीय समानीकरण अनुदान चार किस्तामा संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारमा पठाउने गर्छ ।

स्थानीय तह आक्रोशित, भने– संघीयता विरोधी

महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेख्दै वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेपछि स्थानीय सरकारले तत्काल विरोध जनाएका छन् ।

नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघले मंगलबार सयुंक्त वक्तव्य जारी गर्दै संघीयता विरोधी कदम भनेको छ ।

तल्ला सरकारमा बजेट पठाउँदा कुल वार्षिक विनियोजित बजेटको ६३.२४ प्रतिशत मात्र हुने महालेखाले जनाएको छ ।
नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले निकालेको वक्तव्यमा छ, ‘तेस्रो किस्तामा विनियोजित रकमको २५ प्रतिशत निकासा हुनुपर्नेमा १३.२४ प्रतिशतमात्र निकासा हुने देखिन्छ । समानीकरण अनुदान समेत कटौती गर्ने कार्यले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनमा प्रश्नचिह्न खडा भएको छ ।’

एकल अधिकारको प्रयोगबाट सेवा प्रवाह र योजना तर्जुमा सुरुवात नै स्थानीय सरकारबाट हुने र यो सबैको सुनिश्चितता यही समानीकरण अनुदानले गर्ने हुँदा यो अनुदानमा कटौतीले स्थानीय सरकारबाट हुने सेवा प्रवाह र विकास निर्माण कार्यमा गम्भीर असर पुग्ने पालिका महासंघले जनाएको छ ।

महालेखाले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेख्दै वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेपछि स्थानीय सरकारले तत्काल विरोध जनाएका छन् ।
वित्तीय संघीयता कार्यान्वयन गर्नुपर्नेमा विनियोजन भइसकेको रकम समेत घटाउने प्रवृत्तिले नेपाल सरकारको संघीयता कार्यान्वयन सक्रियता निस्तेज भएको वक्तव्यमा उल्लेख छ ।

‘संघीयताको जगका रूपमा रहेका स्थानीय सरकारलाई बेवास्ता गरिए संघीयता कार्यान्वयनमा नेपाल सरकार इमान्दार र प्रतिबद्ध नरहेको सन्देश जाने छ,’ स्थानीय सरकारको प्रतिनिधत्व गर्ने दुवै संघ महासंघले भनेका छन् ।

गत वर्ष पनि विरोधपछि सुधार

गत आव २०८०/८१ मा सरकारले स्थानीय तहलाई दिनुपर्ने ९३ प्रतिशत मात्रै वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको थियो ।

देशभरिका पालिकाले बजेट ल्याउने अन्तिम दिन संघ सरकारले वित्तीय समानीकरण अनुदान पठाउने निर्णय गरेको थियो । अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐन अनुसार १० असारसम्म पालिकाले बजेट ल्याइसक्नुपर्ने हुन्छ ।

स्थानीय तहले संघीय सरकारले चालु आवको बजेटमा घोषणा गरेको वित्तीय हस्तान्तरण रकम कटौती गर्दा बजेट निर्माण नै प्रभावित भएको भन्दै विरोध गरेपछि गत आवमा वित्तीय समानीकरण अनुदान ९३ प्रतिशत पुर्‍याएको थियो ।

त्यसअघि ९ माघ २०८० मा मन्त्रिपरिषद् बैठकले समानीकरण अनुदानको अधिकतम सीमा ७४.११ प्रतिशत राख्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा महालेखा नियन्त्रकको कार्यालयले १२ वैशाख २०८१ मा सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरी वार्षिक अनुदानको अधिकतम सीमा ७४.११ प्रतिशत राखेको थियो ।

वित्तीय समानीकरण अनुदान कटौती भएपछि देशभरिका स्थानीय तहले सिंहदरबार घेर्ने चेतावनी दिएका थिए । स्थानीय तहको चर्को विरोधपछि संघ सरकारले निर्णय सच्याउँदै ७४.११ बाट ९३ प्रतिशतको सीमा पुर्‍याएको थियो ।

त्यसअघि २०७९/८० मा पनि अन्तिम किस्ताको २५ प्रतिशत वित्तीय समानीकरण अनुदान कटौती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको 'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' कार्यक्रममा उद्योग मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 'वर्षौंदेखि छलफल भइरहेको रहेछ । ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक करिब ६ ...
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको छ । माघ मसान्तसम्मको कुल खर्च १२ अर्ब ३१ लाख ७५ हजार मात्र बजेट खर्च ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ । नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ । यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ...
: नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतभन्दा बढीले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। इन्धन, कच्चा पदार्थ र प्रविधि सामग्रीको उच्च आयातसँगै निर्यात संरचनामा ...