मुख्य समाचार
पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ
पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ

। पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ ।

डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।




ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।

उनका अनुसार अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।

ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भएका थिए ।

तर अहिलेसम्म नेपालीहरुलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको जानकारी नभएको अध्यागमन कार्यालयका अधिकारीहरु बताउँछन् । ‘अहिलेसम्म २० जना नेपालीहरुलाई अमेरिकाले फर्काएको छ र उनीहरु सामान्य तरिकाले, नियमित उडानका एयरलाइन्समार्फत् आएका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता परियारले अनलाइनखबरसँग भनिन् ।

उनका अनुसार अहिले अमेरिकाबाट नेपालीहरु फर्किने क्रम विगतको तुलनामा बढेको छ । तर त्यसको कारण भने स्पष्ट नभइसकेको उनी बताउँछिन् ।

अध्यागमन कार्यालयको रेकर्डमा डिपोर्ट भएका सबैभन्दा धेरै ६ जना नेपाली फेब्रुअरी ८ अर्थात् माघ २६ गते काठमाडौं ओर्लिएका छन् । यसैगरी फेब्रुअरी ६ मा २ जना तथा फेब्रुअरी ५ र १ मा ३/३ जना नेपाली स्वदेश फर्किएका छन् ।

संगठित मानव तस्करको आडमा नेपालीहरु अवैध बाटोबाट अमेरिका जाने गरेका छन् । तर अवैध रुपमा अमेरिका पुग्ने नेपालीहरुको नेपालमा रेकर्ड छैन ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन कार्यालयले राख्ने गरेको छ । ठगीमा परेकाहरुमध्येबाट उजुरी परेमा त्यस्ता उजुरीको आधारमा मानव बेचबेखिन अनुसन्धान ब्युरोले पनि रेकर्ड राख्ने गरेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुका अनुसार पछिल्लो केही दिनयता अमेरिकाबाट फर्किने नेपालीहरुको संख्या बढेको छ । तर आप्रवासीविरुद्ध ट्रम्प प्रशासनको कडा नीतिकै कारण नेपालीहरु फर्किने क्रम बढेको हो या त्यसमा अन्य कुनै कारण छ भन्ने नखुलेको उनीहरु बताउँछन् ।

अध्यागमन कार्यालयका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘अवैध रुपमा अमेरिका पुगेका नेपालीहरु पहिले पनि फर्काइने गरेका हुन् तर अहिले भने त्यो क्रम बढेको देखिन्छ तर ठ्याक्कै कारण थाहा हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ ...