मुख्य समाचार
राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिका स्वीकृत नहुँदा दसौं राष्ट्रिय खेलकुद अनिश्चित
राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिका स्वीकृत नहुँदा दसौं राष्ट्रिय खेलकुद अनिश्चित

— आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा प्रदेश रंगशालासहित आवश्यक संरचनाहरू तयारी अवस्थामा छन् । प्रतियोगिताका लागि संघीय सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । तर राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र खर्च मापदण्ड स्वीकृत नहुँदा आवश्यक तयारीका सबै काम अलपत्र परेका छन् ।


निर्देशिका र खर्च मापदण्डको अभाजमा प्रतियोगिताको निर्धारित मिति नजिकिइसक्दा पनि खेल सामग्री, पोसाक, टेन्ट, उपकरणलगायत सामग्री खरिद गर्नका लागि टेन्डर हुन सकेको छैन । कतिसम्म भने संघीय सरकारले राष्ट्रिय खेलकुदका लागि सचिवालय पनि स्थापना गरेको छ । तर निर्देशिका नहुँदा सचिवालय पनि कामविहीन बनेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले प्रतियोगिताका लागि छुट्याइएको ६० करोड रकमसमेत नटुक्रिएको बताए । ‘न बजेट खर्चका लागि उपसमितिहरू बनेका छन् न एकमुष्ट बजेट विभिन्न शीर्षकमा विभाजन भएको छ,’ उनले भने, ‘गत वर्ष साउनमै बजेट युवा तथा खेलकुद मन्त्रालयमा जानुपर्ने हो, अहिलेसम्म पनि अर्थ मन्त्रालयमै छ ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार झण्डै ९९ प्रतिशत काम सकिएको प्रदेश रंगशालामा अब रंगरोगन र सरसफाइका काम मात्र बाँकी छन् । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल रहेको रंगशालामा १० हजार दर्शक अट्नेछन् भने ‘फिफा मापदण्ड’ अनुसार निर्माण गरिएको फुटबलसहित १६ वटा खेल खेलाउन सकिनेछ ।

भीभीआईपी र भीआईपी प्यारापिटमा ४ हजार दर्शक बसेर हेर्न मिल्ने गरी रंगशाला बनाइएको छ । त्यस्तै सुर्खेतमा चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार हुम्ला हक्की मैदान तथा दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानमा रहेका कवर्डहलमा पनि केही खेल खेलाउनेगरी तयारी गरिएको छ ।

आयोजक प्रदेशले गर्नुपर्ने बसोबास, स्वास्थ्य, सुरक्षा र स्थानीय यातायातको व्यवस्थापनका लागि आफुहरु तयारी अवस्थामा रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । उनका अनुसार अहिलेसम्म सञ्चालन निर्देशिका स्वीकृत नहुँदा संघीय सरकार र आयोजक प्रदेशले के–के काम गर्नुपर्ने हो भन्नेबारे पनि स्पष्ट भएको छैन । उनले राष्ट्रिय खेलकुदमा आयोजना हुने ३५ खेलमध्ये २४ खेल कर्णालीमा खेलाउन आवश्यक पूर्वाधार तयार भइसकेको बताए । उनका अनुसार दैनिक करिब ३५ सय जनालाई बसोबासको प्रवन्ध मिलाउने सुविधा प्रदेश राजधानी वीरेन्द्रनगरमा छ भने झण्डै ३ हजार खेलाडी अन्य जिल्लामा बस्न सक्छन् ।

राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख भोजानन्द राईले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका बनाएर खेलकुद मन्त्रालयमा पठाए पनि त्यहाँबाट अर्थ मन्त्रालयमा जान नसकेको बताए । ‘अहिलेसम्म खर्च नम्स पनि अझै स्वीकृत भएको छैन, त्यो स्वीकृत भएपछि मात्र राष्ट्रिय प्रतियोगिताका लागि खेल सामग्री, पोसाक, टेन्ट, उपकरणलगायत सामग्री खरिद गर्नका लागि टेन्डर गर्ने बाटो खुल्छ,’ उनले भने, ‘खरिद प्रक्रियाका लागि कम्तीमा ३० दिनको सूचना निस्कनुपर्छ, त्यसपछि झण्डै एक/एक साताको समय प्राविधिक मूल्यांकन र आर्थिक मूल्यांकनको काममा लाग्छ, त्यसपछि सम्झौता भएर मात्र सामान र उपकरण खरिदको काम हुने हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...