मुख्य समाचार
(एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने
(एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।


एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो।

प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए। नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए।



प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ।प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताए।

प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...