मुख्य समाचार
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण

— पेट्रोल र मट्टितेलको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण थालिएको छ । दुई पटक गरी साढे १५ हजार किलोलिटर पेट्रोल र १ पटक १ हजार किलोलिटर मट्टितेल आयात गरेर परीक्षण गरेको आयल निगमले सोमाबरदेखि औपचारिक बिक्रीवितरण थालेको हो ।


पाइप लाइनबाट आयातित पेट्रोल पोखरा र विराटनगर पठाइएको निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जनाए । ‘सोमबार औपचारिक रूपमा पोखरालाई ७ ट्यांकर र विराटनगरलाई १० ट्यांकर पेट्रोल पठाएका छौं । अब दैनिक वितरण सुरु भएको छ,’ आचार्यले भने । एक ट्यांकरमा २० हजार किलोलिटर पेट्रोल अट्छ । १७ ट्यांकरबाट करिब ३ लाख ४० हजार लिटर पेट्रोल वितरण गरिएको उनको भनाइ छ ।


यसअघि डिजेल मात्रै आयात भएको पाइप लाइनबाट गत असोज १७ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल ल्याएर परीक्षण गरिएको थियो । त्यसपछि १ हजार किलोलिटर मट्टितेल पनि ल्याइएको थियो । त्यसपछि पुनः १० हजार किलोलिटर पेट्रोल ल्याएर परीक्षण भएको थियो । दोस्रो चरणअन्तर्गतको डिपो निर्माण, लोडिङ बे, प्रयोगशालालगायत निर्माणको काम सम्पन्न भएपछि सोमबारदेखि औपचारिक वितरण सुरु गरिएको आचार्यले बताए । तर पाइप लाइनबाट दैनिक पेट्रोल भने आउने छैन । पाइप लाइनबाट एक घण्टामा ३ सय किलोलिटर पेट्रोल आयात गर्न सकिन्छ । तर अमलेखगन्जमा १७ हजार ४ सय ९० किलोलिटर क्षमताको पेट्रोल ट्यांक छ । ‘दैनिक आयात गर्दा मौज्दात गर्न समस्या हुन्छ । त्यसकारण ट्यांकीमा ३/४ हजार किलोलिटर कम भएपछि आयात गरेर मौज्दात गर्छौं, वितरण भने दैनिक हुन्छ,’ आचार्यले भने ।

बहुप्रतीक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ भदौ २४ बाट औपचारिक रूपमा उद्घाटन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका थिए । पहिलो चरणअन्तर्गत डिजेल आयात भइराखेको छ । पाइप लाइनले ढुवानीमा हुने प्राविधिक नोक्सानी अन्त्य गरेको निगमको दाबी छ । दोस्रो चरणअन्तर्गत पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने निगमको लक्ष्य थियो । त्यसका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) र निगमले संयुक्त लगानी गर्ने गरी सम्झौता भएको थियो ।

निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गर्ने जनाइएको छ । उक्त बजेटमा दुईवटा पेट्रोल ट्यांकी, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, मिश्रित इन्धन राख्न दुईवटा ट्रान्समिक्स ट्यांकी, डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्यांकीलगायत पूर्वाधार निर्माणको सम्झौता छ ।

ट्यांकी, रिफिलर, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत निर्माणको जिम्मा आईओसीले लिएको थियो । पूर्वाधार निर्माण गर्न आईओसीले भारतीय कम्पनी लिखिता इन्टरनेसनललाई दिएको थियो । परियोजना निर्माणको काम २०२४ मार्चसम्मै सक्ने सम्झौता थियो ।

‘पटक/पटकको ताकेता र निर्देशनपछि बल्ल निर्माण सकियो । सोहीअनुसार सफल परीक्षण पनि भयो । तर सञ्चालनमा फेरि ढिलाइ भयो,’ निगम स्रोत भन्छ, ‘निगमले पुसबाट पाइप लाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्ने तयारी गरेको थियो, तर सफल भएन ।’ उद्घाटनका लागि निगमले धेरै पटक समय भारतसँग समय मागे पनि पनि उताबाट मिति तोक्न ढिलाइ भएको स्रोतको भनाइ छ ।



अमलेखगन्ज इन्धन डिपो साढे तीन दशकदेखि म्यानुअलमा सञ्चालन भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आएसँगै पाइप लाइनबाट ‘रिसिभ’ गरी अन्य कार्यालयमा पठाउँदा डिजिटल (अटोमेसन) मार्फत पठाइएको छ । ‘स्थानीय तहमा पुरानै प्रविधिबाट वितरण गरिएको छ । तर पाइप लाइनबाट रिसिभ गरेर डिजिटल प्रक्रियाबाट लोड भएको छ,’ आचार्यले भने, ‘अब एक–दुई महिनामा पूर्ण अटोमेसनमा जान्छौं ।’

लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ वे’ निर्माण गरिएका छन् । २४ वटा ‘लोडिङ वे’ मा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ । यसमध्ये पेट्रोलको ७ वटा बटम लोडिङ र ८ टम लोडिङ गर्न सकिन्छ । डिजेलको ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । मट्टितेलको एउटा बटम लोडिङ रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै भट्टले निजी क्षेत्र र सरकार दुवै फरक–फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको भन्दै मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’ (ट्रयाप) मा फसेको बताएका हुन् । भट्टले पहिलो पासोका रूपमा निजी क्षेत्र ...
। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा उनले उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित रहेर आगामी बजेट ल्याउनुपर्ने बताएका हुन् । खनालका अनुसार आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार ...
: मुलुकको आर्थिक वृद्धिदरमा संकुचनको प्रक्षेपणसँगै संशोधित लक्ष्य हासिल नहुने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनअनुसार आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा) ३.८५ प्रतिशत हुने अनुमान गरेको हो। चालु आर्थिक वर्षको बजेटमा सरकारले करिब ६ प्रतिशत ...
: अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ। मन्त्रालयले आज आफ्नो वेबसाइटमार्फत स्थतिपत्र सार्वजनिक गरेको हो। नेपालको वर्तमान आर्थिक स्थितिलाई ७६ बुँदामा समावेश गरिएको छ।