मुख्य समाचार
स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाए
स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाए

: स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाएका छन्। कार्यालयले लिएको लक्ष्य भन्दा थप ७५ जना किशोरीले खोप लगाएका हुन्।


स्याङ्जाभरका ९ हजार ३१९ जनालाई खोप दिने लक्ष्य लिएकोमा यहाँका ९ हजार ३९४ जनाले खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

माघ २२ देखि सुरु भएको खोप अभियान २८ गतेसम्म सञ्चालन गरिएको थियो। यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकाकागरि एक सय दशमलव ८ प्रतिशत किशोरीले खोप लगाएको कार्यालय प्रमुख केशव चापागाईंले बताए।



एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। कक्षा ६ देखि १० सम्ममा अध्ययरत छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिने अभियान एकसाताभर विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको थियो।

जिल्लाका ११ पालिकाकमा गरी अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्रा र विद्यालय नजाने ३१ जना किशोरी एचपीभी खोपका लक्षित वर्ग हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए