मुख्य समाचार
स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाए
स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाए

: स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाएका छन्। कार्यालयले लिएको लक्ष्य भन्दा थप ७५ जना किशोरीले खोप लगाएका हुन्।


स्याङ्जाभरका ९ हजार ३१९ जनालाई खोप दिने लक्ष्य लिएकोमा यहाँका ९ हजार ३९४ जनाले खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

माघ २२ देखि सुरु भएको खोप अभियान २८ गतेसम्म सञ्चालन गरिएको थियो। यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकाकागरि एक सय दशमलव ८ प्रतिशत किशोरीले खोप लगाएको कार्यालय प्रमुख केशव चापागाईंले बताए।



एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। कक्षा ६ देखि १० सम्ममा अध्ययरत छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिने अभियान एकसाताभर विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको थियो।

जिल्लाका ११ पालिकाकमा गरी अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्रा र विद्यालय नजाने ३१ जना किशोरी एचपीभी खोपका लक्षित वर्ग हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...