मुख्य समाचार
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी

: अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी दिएका छन्। उनले भने, 'यदि ती देशहरूले प्यालेस्टिनीहरूलाई स्थान दिएनन् भने म उनीहरूको सहयोग बन्द गर्नेछु।'


जोर्डनका नेता राजा अब्दुल्लाह द्वितीय वाशिंगटन डीसी पुगेका छन्। उनले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन्।

यसैबीच एक पत्रकारले ओभल अफिसमा राष्ट्रपति ट्रम्पलाई 'राजा अब्दुल्लाहलाई थप प्यालेस्टिनीहरू राख्न कसरी मनाउनुहुनेछ?' भनेर प्रश्न सोधेका थिए।



यसबारे ट्रम्पले भने, 'उनी (राजा अब्दुल्लाह) सहमत हुनेछन् भन्ने मलाई लाग्छ। अन्य देशहरू पनि यसमा सहमत हुनेछन् भन्ने मेरो आशा छ। उनीहरू सबै उदार स्वभावका छन्।'

राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव गरेका थिए। यसअघि ट्रम्पले प्यालेस्टिनीहरू इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोबास गर्नुपर्ने पनि बताएका थिए। यद्यपि जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए।

यस सन्दर्भमा अर्का पत्रकारले राष्ट्रपति ट्रम्पलाई जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई गाजामा राख्न सहमत नभएमा के उनीहरूलाई दिइने सहयोग रोकिनेछ? भन्ने प्रश्न गरेका थिए।

यसको जवाफमा ट्रम्पले यदी ती देशले प्यालेस्टिनीलाई आश्रय नदिए आफूले सहयोग रोक्ने बताएका हुन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...